पोखरा, ७ भदौ। यस वर्ष ब्रिटिस आर्मीमा ३ सय २० जना भर्ती हुने ब्रिटिस गोर्खाज नेपालले जनाएको छ। त्यसमध्ये ब्रिटिस आर्मीका लागि केन्द्रीय छनौटमा ५ सय ८० जना सम्भावित रेक्रुट सामेल गराई अन्तिममा ३ सय २० जना छानिने विहीवार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो।
सिंगापुर पुलिसका लागि केन्द्रीय छनौटमा २ सय रेक्रुट छनौट गरी १ सय २० जनालाई भर्ति गरिने छ ।
ब्रिटिस आर्मी तथा सिंगापुर पुलिसका लागि भर्ति निःशुल्क, निष्पक्ष र पारदर्शी हुने मेजर स्याण्डी नाइटिङ्गेलले जनाए।
‘ब्रिटिस आर्मीमा भर्ति हुनका लागि पैसाको खाँचो पर्दैन,’ मेजर नाइटिङ्गेलले उल्लेख गरे, ‘धनी, गरिब, तल्लो र उपल्लो जातको आधारमा पनि भेदभाव गरिँदैन। कुनै पनि प्रकारको घूसखोरी र भ्रष्टाचारको प्रयास कसैबाट भएमा प्रहरीमा खबर गरिनेछ।’
उनले भर्ति गर्ने कार्यमा काठमाडौं र युकेका नियमक इकाइमार्फत गहन रुपले निर्देशित हुने औंल्याए। ‘हरेक सम्भावित रेक्रुटको हरेक परीक्षणको प्राप्ताङ्क अंकलाई दोहोर्याइ-तेहर्याइ हेछौ,’ मेजर नाइटिङ्गेल भने, ‘यदि कुनै सम्भावित रेक्रुट कुनै स्वास्थ्य वा शैक्षिक परीक्षणमा असफल भए ब्रिटिस अधिकृतबाट पुनः परीक्षण गराइन्छ।’
मेजर नाइटिङ्गेलले ब्रिटिस आर्मीमा भर्ना हुन सबै जनालाई आवेदन दिने तरिका र आवश्यक मापदण्डबारे समान जानकारी दिने उल्लेख गरे। भिडियो, प्रशिक्षणका कार्यक्रम, अन्तरवार्ता र लिखित परीक्षणहरुको नमूना वेबसाइटमा राख्ने गरेको मेजर नाइटिङ्गेलले बताए।
‘यदि कुनै सम्भावित रेक्रुट विफल भए उसलाई विफल हुनाको कारण बताइन्छ,’ मेजर नाइटिङ्गेलले भने, ‘क्षेत्रीय छनौटअन्तर्गत अन्तर्वार्ताको अन्त्यमा हामी सम्भावित रेक्रुटलाई भविष्यमा कसरी अझै सुधार गर्न सकिन्छ भनेर सुझावसमेत दिने गरेका छौं।’
भर्ति प्रक्रिया करिब १ वर्षसम्म लाग्ने र विज्ञापन, दर्ता, क्षेत्रीय छनौट र केन्द्रीय छनौट गरी चार चरणमा भर्ति प्रक्रिया पूरा हुनेछ ।
भर्तिका लागि नेपालका प्रत्येक जिल्लामा पुगेर त्यहाँका नागरिकलाई छनौट प्रक्रियाबारे जानकारी दिने, संचारमाध्यममार्फत विज्ञापन दिने र ब्रिटिस आर्मीको वेबसाइटबाट समेत सूचना दिने ब्रिटिस गोर्खाज नेपालले जनाएको छ। भर्तिका लागि पोखरा र धरानमा एकै साथ दर्ता प्रक्रिया संचालन गरिने र आवेदकले आफ्नोर्र् इच्छा बमोजिम फाराम भर्न सक्नेछन्। केन्द्रीय छनौटका लागि पहिले पोखरामा र पछि धरानमा क्षेत्रीय छनौट हुनेछ । पोखरामा केन्द्रीय छनौट गरिने बताइएको छ। पोखरामा नै सम्भावित रेक्रुटहरुको मुख्य र अन्तिम छनौट हुनेछ। केन्द्रीय छनौटमा उत्तीर्ण रेक्रुटहरुले कसम खाने, परेड गर्ने र ब्रिटिस आर्मीमा औपचारिक रुपमा सामेल हुनु पूर्व आफ्ना परिवारजनसँगसमेत भेटघाट गर्न पाउनेछन्।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९