पोखरा, ५ भदौ । पर्यटकीय नगरी पोखरामा एशियामै उत्कृष्ट लेक भ्यू रिसोर्ट एण्ड अपार्टमेन्ट निर्माण हुने भएको छ ।
फेवातालको उत्तरपश्चिम पोखरा वडा १८, सेदीमा ३६ रोपनी क्षेत्रफलमा सो अपार्टमेन्ट निर्माण अघि बढेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा बि एण्ड बि प्रालिका प्रबन्ध निर्देशक बिमल बसेलले जानकारी दिए ।
२५ वर्षदेखि रियलस्टेट क्षेत्रमा काम गरेका युवा व्यवसायीको सक्रियतामा प्रालिले एशियामै नमूनास्तरको सो अपार्टमेन्ट निर्माण ८ अर्ब रुपैयाँ लगानीमा ३ वर्षमै सक्ने लक्ष्य राखेको छ ।
२ वटा बिल्डिङमा ४ सय ६४ वटा अपार्टमेन्ट निर्माण गरिने कम्पनीका इञ्जिनियर विक्रम थापाले जानकारी दिए । उनका अनुसार टाइम सेयरिङङ अवधारणाबाट अपार्टमेन्ट निर्माण हुनेछ ।
कम्पनीका प्रबन्ध निर्देशक बसेल भन्छन्, ‘अपार्टमेन्टका आफ्नै विशेषता छन्, अपार्टमेन्टले संसारभरका मानिसहरुलाई दोस्रो घरको याद दिलाउनेछ ।’ जसमा २ वटा रेस्टुरेन्ट, २ वटा स्वीमिङ पुल, सूपरमार्केट, ट्राभल सुविधा, मनी चेञ्जर, व्युटीपार्लर, स्पा, सैलुन, हेल्थ क्लब, पेन्ट घर,तीन तलासम्म पार्किङ सुविधालगायत मानवीय आवश्यकता प्रशस्त सुविधा रहने छन् ।
अपार्टमेन्टबाट फेवाताल, पोखरा, शान्तिस्तुपा लगायत पोखरा वरपरका सुन्दर दृश्य देख्न सकिनेछ । नमूनायोग्य प्रोजेक्टले पोखराको पर्यटन क्षेत्रलाई ब्राण्डिङ गरेर संसारभर चिनाउन योगदान पुर्याउने बताइएको छ ।
बसेल भन्छन्, ‘पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्दा आफूहरु पनि सेवाका लागि तयार भइसक्नेछौं । पर्यटन क्षेत्रमा गण्डकी प्रदेश सरकाले लिएको लक्ष्य पूरा गर्न यो आवश्यक छ ।
प्रदेश सरकाले यस क्षेत्रलाई लगानीमैत्री बनाउन लगानी सम्मेलन गर्दैछ । स्थानीय व्यवसायीको अगुवाइमा सञ्चालन हुने सो परियोजनाले पोखरामा लगानी गर्ने वातावरण सिर्जना भएको व्यवसायीहरुले बताएका छन् ।
परियोजना निर्माण हुने स्थान सम्याउने काम सकिएको कम्पनीका निर्देशक राम बसेलले जानकारी दिए । अपार्टमेन्टका विशेषता सेभेन-स्टारस्तरको हुनेछ । संसारकै उत्कृष्ट अवधारणाबाट निर्माण हुने अपार्टमेन्टको बुकिङसमेत सुरु भएको छ । १ करोड ३३ लाख रुपैयाँदेखि २ करोड ८९ लाख रुपैयाँसम्मका अपार्टमेन्ट खरिद गर्न सकिनेछ । प्रि-लञ्चिङ अवसरमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ कम्पनीले जनाएको छ । प्रि-लन्चिङ अवसरमा झण्डै ९० वटा अपार्टमेन्ट बुकिङ भएको बताइएको छ ।
पोखरामा हालसम्म ३५ फिटको अनुमति लिएर ११ तलाका होटल बनेका छन । सोही मापदण्ड आधार मानेर पोखरा महानगरले उचाइको मापडण्ड परिमार्जन गर्ने थालेको छ । उचाइ मापदण्ड बढाउने प्रक्रिया अगाडि बढाएको महानगरका नक्साशाखा प्रमुख इञ्जिनियर पूर्ण गुरुङले बताए ।
कम्पनीका प्रबन्ध निर्देशक बिमल बसेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन कम्पनीका निर्देशक राम बसेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नेउवा संघ चुनावमा महासंघ गण्डकी प्रदेशको समर्थन अञ्जन श्रेष्ठलाई
सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा
आलु महोत्सव लक्षित सरसफाइ
वित्तीय साक्षरता मार्गदर्शन जारी
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९