पोखराका कर्मठ महिला तस्वीरमा

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७५

पोखरा, ५ भदौ । पोखरामा क्रियाशील कर्मठ महिलाहरु फोटोमा देखिने भएका छन् । सिर्जनशील कलाकार समूह कास्कीले उनीहरुको तस्वीरलाई महेन्द्रपुलस्थित आर्ट ग्यालरीमा केही दिनपछि प्रदर्शनी गर्ने तयारी गरेको छ ।

साहित्य, कला, शिक्षा, स्वास्थ्य, कानून, समाज सेवा, अधिकारकर्मी, पत्रकार एवं सञ्चारकर्मी, सरकारी सेवा, उद्योग, व्यवसाय, पर्यटन व्यवसाय, बैंकिङ, इञ्जिनियरिङ र सौन्दर्य लगायत क्षेत्रमा संलग्न सफल महिलाहरुको फोटोहरु प्रदर्शनीमा राखिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

तस्वीरको परिकल्पना कलाकार मिलन शेरचनले गरेकी हुन् । पोखरालाई कर्मथलो बनाएर सिर्जना, प्रतिभा र क्षमतालाई निखारेका महिलाहरुको तस्वीरलाई प्रदर्शनीमा राखिनेछ। सफल एवं कर्मठ महिलाहरुले पोखरालाई दिएको योगदानबारे सन्देश दिने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको मिलन बताउँछिन् । कार्यक्रम संयोजकसमेत रहेकी उनले भनिन ‘भदौ ८ देखि १० गतेसम्म सुन्दर पोखरामा रहेर आफ्नै कर्मद्वारा सफल महिलाहरुको तस्वीरलाई प्रदर्शनीमा राखिने छ ।’

पोखराको कर्मठशील महिलाहरुको तस्वीर प्रदर्शनी भने यो दोस्रो पटक हो। कलाकार मिलनकै परिकल्पनामा यसअघि २०६९ फागुनमा पहिलो पटक तस्वीर प्रदर्शनी गरिएको थियो।

‘समय गतिशील छ। समयको गतिसँगै हरेक क्षेत्रमा आजका नारीहरु समेत अगाडि बढिरहेको अवस्थामा नारीले गर्न नसक्ने काम केही छैन भन्ने बलियो प्रमाण पनि हो,’ हानानोओसिवाना वस्तुवादी कलाकार मिलनले बताइन्, ‘यस्तै प्रमाणहरुलाई उजागर गर्ने मेरो यो दोस्रो प्रयास हो।’

कलाकार मिलनले जुन क्षेत्रमा पनि नारीहरुले अब्बल र इमान्दारिताका साथ कर्म गरिरहेको बताइन्। ‘म स्वयं पत्रकार एवं फोटोग्राफर भने होइन,’ मिलन भन्छिन्, ‘हामी नारीहरु आ-आफ्नो क्षेत्रमा परिचत त त्यसै छँदैछौं । यद्यपि, हामी सबैलाई एकैसूत्रमा बाँध्ने काम फोटो प्रदर्शनीले गर्नेछ भन्ने मेरो विश्वास हो।’

एउटा नारीले अर्को नारीसँग परिचय गर्न पाउनु र कसले कुन विधामा के काम गरिरहेछन् भन्ने सन्देश फोटो प्रदर्शनीमार्फत मिल्ने मिलनले सुनाइन् । केही काम नगरी बसेका महिलाहरुका लागि फोटो प्रदर्शनी मार्गर्दर्शन बन्ने संयोजक मिलन आफ्नो धारणा सुनाउँछिन् । अनुकरणीय र उदाहरणीय महिलाहरुको फोटो मात्र प्रदर्शनीमा राखिने मिलनले बताइन् ।

सिर्जनशील कलाकार समूह कास्कीका सदस्य एवं कलाकार गोपाल श्रेष्ठले कर्मठ नारीहरुको फोटो प्रदर्शनीले उनीहरुलाई सिर्जना, उद्योग व्यवसाय र कलामा लाग्ने प्रेरणा मिल्ने बताए । कलाकार मिलन शेरचन सुकाइएका झारपात संयोजन गरेर चित्राकृति तयार पार्ने हानानोओसिबानाका सिद्धहस्त कलाकारका रुपमा परिचित छन् । उनले सो कला जापान बसाइँमा सिकेकी हुन् ।

Related News

सम्बन्धित समाचार

  • प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।…
  • पोखरा १२ ले बनायो आफ्नै एप

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । पोखरा वडा १२ ले डिजिटल सेवा प्रवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप संचालनमा ल्याएको छ । घरमा वा जहाँसुकै…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…

hero news full width