पोखरा, ५ भदौ । विश्वशान्ति तथा आत्मकल्याण हेतु पोखरा-८ रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमद्वीतक तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम सञ्चालन भइरहेको छ।
श्रीकृष्ण प्रणामी साधनालय, श्री प्राणनाथ वाणी प्रशिक्षण केन्द्र रायगढ, भारतका सञ्चालक वाणी विशारद प्राचार्य महेन्द्र महाराजबाट भइरहेको संगीतमय कथा प्रवचन यही भाद्र १७ गते कृण्ण अष्टमीसम्म सञ्चालन हुने श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष तथा कार्यक्रम संयोजक लीलाम्बर सापकोटाले जानकारी दिए। मंगलवार महाराजको अस्वस्थताका कारण उपवाचक तथा मन्दिरका पूजारी श्यामदास कुँवरले प्रवचन गरेका थिए। त्यस अवसरमा कुँवरले सबैको लक्ष्य परमधाम रहेको र ब्रहमज्ञानबाट मात्र परमधाम प्राप्त गर्न सकिने बताए। मन्दिरमा साउन १६ गते पितृउद्धारका लागि १०८ आरती उतार्ने कार्यक्रम रहेको सचिव पुरुषोत्तम रेग्मीले जानकारी दिए। कार्यक्रमको सञ्चालन सहसचिव देवीप्रसाद खतिवडाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९