चितवन, ४ भदौ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा अदालतले हाजिर हुन दिएको मिति सोमबार जाहेरवाला नूरप्रसाद अदालत आएनन्। चितवन जिल्ला अदालतले साउन २० गते नूरप्रसादलाई भदौ ४ गते अदालतमा झिकाउन आदेश गरेको थियो।
अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माकोर्र् इजलासले जाहेरवाला नूरप्रसाद अधिकारीलाई सो दिन झिकाउन आदेश गरेका थिए। अदालतको आदेशपछि नूरप्रसादको गोरखास्थित घरमा रीतपूर्वक मिति तामेली गरिएको अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेले बताए। उनका अनुसार तोकिएको मितिमा नूरप्रसाद अदालत हाजिर नभएपछि अदालतले सोमबार भदौ २४ गते आइतबारका लागि पेशी तोकेको छ।
तोकिएको पेशीका दिनबाट पुनः अदालती प्रक्रिया अनुसार नै मुद्दा अघि बढ्ने घिमिरेले बताए।
कृष्णप्रसाद अधिकारीको २०६१ जेठ २४ मा प्रवेशिका परीक्षा दिएर पूर्र्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएको समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा हत्या भएको थियो।
माओवादी द्वन्द्वकालको यो मुद्दामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, काल्रि्रसाद अधिकारी, ‘भीमसेन’ भन्ने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाइ चितवन अदालतमा मुद्दा दायर भएको छ।
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९