पत्रकार ढकाल पुरस्कृत

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७५
prakash

पोखरा, ४ भदौ । आदर्श समाज दैनिकका संवाददाता प्रकाश ढकाल सामुदायिक सूचना समाज (सिआइएस) पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत भएका छन्।

सूचनाको हकमा पत्रकारितामार्फत उल्लेख्य योगदान पुर्‍याएकोमा ११ औं राष्ट्रिय सूचना दिवस सर्न्दर्भमा सोमबार उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मानपत्र अर्पण गरिएको हो ।

प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, सिआइएस कास्कीका अध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रतिभा छनोट समिति संयोजक यदुनाथ बञ्जारा लगायतले संयुक्त रुपमा उनलाई सो पुरस्कार हस्तान्तरण गरेका हुन् ।

पत्रकार यदुनाथ बञ्जारा संयोजक रहेको प्रतिभा छनोट समितिको सिफारिसमा ढकाललाई सिआइएसले अनुमोदन गरेको सिआइएसका सूचना अधिकारी माधव पनेरुले जानकारी दिए ।

छनोट समिति सदस्यमा पत्रकार प्रेम नेपाली र माधव पनेरु थिए। यसअघि सो पुरस्कारबाट पत्रकार बञ्जारा र कमल पौडेल -अथक) सम्मानित भैसकेका छन्।

पत्रकार ढकाल ४ वर्षदेखि आदर्श समाज दैनिकमा कार्यरत छन् । उनी ‘डिएनएन नेपाल’ का सम्पादक पनि हुन् । गोरखा घर भएका ढकाल १० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। १९ वर्षकै उमेरदेखि चितवनको हाम्रो एफएमबाट पत्रकारिता थालेका उनले सूचनालाई समाजमा पुर्‍याउने काम पत्रकारले गर्ने भन्दै सरोकारवाला निकायबाट तत्कालै सूचना उपलब्ध गराउने अवस्था सिर्जना गर्नुपर्ने बताए।

सूचनाा लागि कार्यालयमा निवेदन दिइसकेपछि अहिलेको एक हप्तादेखि १५ दिनसम्म सूचना कुर्नुपर्ने व्यवस्था परिमार्जन गर्दै समाचारको मर्मअनुरुप छिटोभन्दा छिटो सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिए।

पुरस्कृत प्रतिभाबारे छनोट समिति संयोजक पत्रकार बञ्जाराले जानकारी गराएका थिए ।

यस्तै, उत्कृष्ट सूचना अधिकारी अवार्डबाट डिभिजन वन कार्यालय, कास्कीका सहायक वन अधिकृत नवीन विश्वकर्मा सम्मानित भए। उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहित सो अवार्ड प्रदान गरियो। बिक कास्कीका सहायक प्रजिअ गंगाबहादुर क्षेत्री, ध्रुव रिजाल र राजेन्द्र शर्मा रहेको अनुगमन तथा मूल्यांकन समितिको सिफारिसमा सम्मानित भएका हुन्। पुरस्कृत प्रतिभाको परिचय राजेन्द्र शर्माले दिएका थिए। यसअघि सो अवार्ड गजुसिद्धि बज्राचार्य र दीपेन्द्र ढकाललाई दिइएको थियो।

यसैगरी, सिआइएस आइटी अवार्डबाट पोखराको ला-ग्राण्डी इन्टरनेशनल कलेजमा अध्ययनरत् दिनेश थापा, रोशन पौडेल, सञ्जीव शर्मा र सुविन भण्डारी सामूहिक रुपमा सम्मानित भए। उनीहरुलाई अवार्ड सहित ५ हजार ५ सय ५५ सय ५५ र सम्मानपत्र प्रदान गरिएको थियो। उनीहरुले डुंगामा जिपिएस जडान गरी सम्भावित दुर्घटना न्यूनीकरण गर्न तत्काल सूचना प्रवाहमा मद्दत गर्ने प्रविधि विकास गरेका छन्। सो प्रविधिबारे वृत्तचित्र समेत कार्यक्रममा देखाइएको थियो ।

सो अवार्ड छनोटमा इ. किरण केसी, युवराज पौडेल र राजेन्द्र शर्मा थिए। इ. केसीले प्रतिभा परिचय गराए । यसअघि विनोद गिरी र विराज भण्डारी सम्मानित भैसकेका छन्।

कार्यक्रममा प्रमुख सूचना आयुक्त बाँस्कोटाले जनता सूचनाको मालिक रहेको प्रसङ्ग उल्लेख गर्दै सुशासन, पारदर्शी र न्यायका लागि सूचनाको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे ।

उनले सूचना माग भएको बखत सकेसम्म छिटो उपलब्ध गराउन कन्जुस्याइँ गर्न नहुने बताए । कार्यक्रममा उनले सूचनाको हकको प्रचलनबारे कार्यक्रममा उपस्थित सहभागीलाई प्रशिक्षण दिएका थिए।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सूचना पत्रकारका लागि नभई समाजका लागि भएकोले सहज रुपमा सूचना उपलब्ध गराउन आग्रह गरे।

कार्यक्रममा कास्कीका प्रजिअ चक्रबहादुर बुढा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय प्रमुख काशीराज दाहालले सम्मानितलाई बधाई दिँदै सूचनाको हकबारे बोलेका थिए ।

सिआइएस पोखराका अध्यक्ष दीपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पत्रकार माधव पनेरु र संचालन उमा आलेले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।…
  • पोखरा १२ ले बनायो आफ्नै एप

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । पोखरा वडा १२ ले डिजिटल सेवा प्रवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप संचालनमा ल्याएको छ । घरमा वा जहाँसुकै…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…

hero news full width