सामूहिक बलात्कारको आरोपमा ७ पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७५

चितवन, ४ भदौ । जिल्लाका दुर्इ छुट्टाछुट्टै स्थानमा भएका सामूहिक बलात्कारका घटनामा संलग्न रहेको आरोप प्रहरी ७ जनालाई पक्राउ गरेको छ।

भरतपुर महानगरपालिका वडा ११ र माडी नगरपालिका वडा ३ मा घटना भएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार सूचना जारी गरी गत साउन ३० गते र ३१ गते भएका घटनामा संलग्न रहेको आरोपमा सात जना पक्राउ परेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी शिव शर्मा आचार्यका अनुसार प्यूठान घर भई भरतपुरमा आफन्तकोमा बसेर काम गर्दै आएकी १७ वर्षीया किशोरीमाथि साउन ३० गते भरतपुर महानगरपालिका ११ बसेनीमा सामूहिक बलात्कार भएको थियो।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नवलपुरको गैंडाकोट नगरपालिका ४ बस्ने वर्ष २१ का युवराज सारुमगर, वडा २ बस्ने वर्ष १९ का सैन्थील धिमाल, भरतपुर महानगरपालिका वडा ११ बस्ने वर्ष २० का आकाश थापा, भरतपुर २९ बस्ने ३५ वर्षीय अर्जुन बिक र १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।

भदौ १ गते किशोरीले दिएको जाहेरीका आधारमा उनीहरुलाई सोही दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ। किशोरीलाई भरतपुर ११ मा रहेको डिएसएम मिनरल वाटर कम्पनीमा लगि सामूहिक बलात्कार गरेको जनाइएको छ। उनीहरुले १७ वर्षीय किशोरसँग सामान्य चिनजान भएकी किशोरीलाई दिउँसो ३ बजे भरतपुरबाट नारायणगढको पुलचोक पुर्‍याई दिने भन्दै म्याजिकमा लगेका थिए।

म्याजिकका सहचालक किशोर र म्याजिक चालक आकाश थापाले दिनभर अनेक बाहना बनाई म्याजिकमा नै लिएर हिडेको प्रहरीले जनाएको छ। दिनभरसँगै लगेपछि रातको समयमा किशोरीलाई मिनरल वाटर कम्पनीमा लगी मादक पदार्थ सेवन गराई सामूहिक रुपमा बलात्कार गरेको किशोरीले दिएको जाहेरीमा उल्लेख छ।

किशोरीको प्रारम्भिक अनुसन्धान र जाहेरी हेर्दा पाँच युवाको संलग्नता देखिए पनि विस्तृत अनुसन्धानपछि मात्र थप पुष्टि हुने आचार्यले बताए। उनीहरुलाई जिल्ला अदालत चितवनबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको आचार्यले बताए।

यसैगरी, जबरजस्ती करणीको अभियोगमा प्रहरीले साउन ३१ गते राति दुर्इ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माडी नगरपालिका वडा ५ वस्ने वर्ष २३ का नवराज महत्तो र २४ वर्षीय रामप्रताप महतो रहेका छन्।

उनीहरुले १६ वर्षीया किशोरीलाई माडी नगरपालिका वडा ३, बघौडास्थित पोखरी नजिकै लगेर जबर्जस्ती करणी आरोप लागेको छ।

प्रहरीका अनुसार पीडित किशोरी र उनकी साथीलाई साउन ३१ गते बघौडाबाट रमाइलोडाँडास्थित आफ्नो घर आउने क्रममा घर पुर्‍याइदिने भन्दै लगेर राति ११ बजे पोखरी नजिकै करणी गरेका थिए। एउटीलाई अली पर राखेर उनलाई सडकबाट केही पर लगेर दुर्इ जनाले पालैपालो करणी गरेको आरोप छ।

ती किशोरीसँगै आएकी अर्की किशोरीले प्रहरीलाई खबर गरेपछि राति नै उनीहरुलाई पक्राउ गरिएको थियो।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भइरहेको डिएसपी आचार्यले जानकारी दिए।

कार्यालयका अनुसार जिल्लामा जवरजस्ती करणीका घटनाहरु बढ्दै गएका छन्। कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ६६ वटा जवरजस्ती करणीका निवेदन दर्ता भएका थिए। जसमध्ये जवरजस्ती करणीका ४५ वटा र जवरजस्ती करणी उद्योगका २१ वटा निवेदन रहेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width