नेल्टाको पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम शुरु

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७५
nelta photo

पोखरा, ४ भदौ। नेल्टाको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको व्यवस्थापनमा पशु प्रजनन् तथा कृतिम गर्भाधानसम्बन्धी तालिम सोमबारदेखि शुरु भएको छ।

प्राईभेट पाराभेटहरु लागि आयोजित तालिम १४ गतेसम्म चल्ने छ। तालिममा नवलपरासी, रुपन्देही, काभ्रे, धादिङ, ललितपुर, चितवन, तनहुँ र कास्कीका १४ जना सहभागी छन्।

तालिम उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले गरेका थिए। त्यस अवसरमा पशु सेवा निर्देशनालय पोखराका निर्देशक डा मनबहादुर पुन, पशुपक्षी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा केदारराज पाण्डे, राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख शिवनाथ महतो, पशु सेवा तालिम केन्द्र पोखराका वरिष्ठ तालिम अधिकृत डा विजयकुमार श्रेष्ठले बोलेका थिए।

नेल्टा कास्कीका अध्यक्ष ठगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले स्वागत र केन्द्रीय सदस्य डिल्लीराम रेग्मीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

hero news full width