पोखरा, ३ भदौ। नेपाली काँग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ।समितिले आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ध्यानाकर्षणपत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो ।
ध्यानाकर्षण पत्रमा विकासका पूर्वाधार खडा गरी क्रमशः करको दरभन्दा दायरालाई फराकिलो पार्नुपर्नेमा स्वायत्तत्ताको नाममा अस्वभाविक रुपमा बढाइएको करप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।
नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठ, सहसभापति राजेन्द्रमणि लामिछाने, उपसभापतिद्वय सुरेन्द्रमान बिजुक्छे र डम्बरबहादुर थापाद्वारा हस्ताक्षर गरी बुझाइएको ध्यानाकर्षणपत्रमा बढाइएको कर फिर्ता नलिए जनताको पक्षमा थप दबाबमूलक कार्यक्रमका साथ अघि बढ्ने चेतावनीसमेत दिइएको छ ।
ध्यानाकर्षणपत्रमा करको दरमा तीनदेखि सात गुणासम्म बृद्वि गरिदाँ नगरबासिलाई नकारात्मक प्रभाव परेको उल्लेख छ ।
२०७२ असोज १ गते तत्कालीन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाले एकिकृत सम्पत्ति कर लागु गर्दा आगामी ५ वर्षसम्म कर नबढाउने निर्णय गरेको समेत स्मरण गराइएको छ ।
त्यस्तै, कर बढाउने नाममा एकै व्यत्तिलाई दोहोरो, तेहरो करको चपेटमा परेकोभन्दै समससापेक्ष र वैज्ञानिक कर प्रणाली लागु गर्न पनि माग गरिएको छ ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९