पोखरा, ३ भदौ । पोखरा महानगरपालिका वडा नम्बर २१ ले यो वर्षलाई पिउने पानीबर्ष घोषणा गरेको छ । नागरिकलाई शुद्ध पानीको उपलब्धता बढाउन र खानेपानी समस्या समाधान गर्नका लागि पिउने पानी वर्ष घोषणा गरेरै काम अघि बढाइएको हो ।
खासगरी निर्मलपोखरी, कृष्ति क्षेत्रमा खानेपानीको निकै ठूलो समस्या छ । वडाले खानेपानी समस्या समाधान गर्नका लागि चालू वर्षको बजेटबाट १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
‘वडालाई १ करोड ४९ लाख रुपैयाँमात्रै बजेट छ । यो बजेटबाट १ करोड त खानेपानीमै विनियोजन गरिएको छ,’ वडाध्यक्ष खगराज आचार्यले भने, ‘अर्को वर्ष पानीमा पैसा लगानीगर्न नपर्ने गरी काम हुन्छ । अर्को वर्षदेखि अरु पूर्वाधारमा लगानी हुन्छ ।’
उनका अनुसार कृष्ति र निर्मलपोखरी क्षेत्रमा सहलगानीको खानेपानी आयोजना पनि निर्माणाधीन छ । आचार्यले आफ्नो जग्गा नै धितो राखेर खानेपानी आयोजनाको सम्झौता गरेका थिए । स्थानीय निर्वाचनपछि धेरै स्थानीय तहहरु अझै अन्यौलमा छन् । केही स्थानीय तहका जनप्रतिनिधीहरुले सुरुमै योजना बनाएर विकासे काम थालेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २१ ले आगामी निर्वाचन अघि सक्नेगरी विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । वडाध्यक्ष आचार्यले धेरै कार्यक्रमहरु सुरु भैसकेको भन्दै केही रणनीतिक योजना यही वर्षदेखि लागू गर्ने जानकारी दिए । मट्टीखान-दोपहेरे सडक, दोपहरे-र्छछरे हुँदै रामादी फुस्रेखोला सडक, रामादी-भाल्डाँडा-वडा कार्यालय-कृस्ती सडक, हराबोट-रातामाटा-हिमालयमार्ग, मट्टखिान-धुवारकोट-दोपहरे सडक, दोपहरे-खत्रीगाउँ-खाम्पुर सडक, निर्मलपोखरी-भरतपोखरी-कोत्रे पर्यटन मार्गको काम गरिनेछ ।
यस्तै, शिवालय-थाप्ले हुँदै चिलाउने खर्क सडक, फुर्से-पारिडाडा-दम्सादी-रघैचौर-दुवार नमुना पर्यटनमार्ग, मैदान-धुस्र्यानी सडक, शिवालय-सुनार गाउँ हुँदै जनचेतन बैकल्पिक सडक, अम्मट-शिवालय लिंक रोड, दोविल्ला-निर्मलपोखरी सडक, फुर्से-दोपहरे सडक, फुर्से-मट्टीखान सडक र तीनवटा पर्यटन फुट ट्रयाक निर्माण हुने वडाध्यक्ष आचार्यले बताए । योसँगै वडाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास, चिलाउनेर्खर्कलाई दक्षिण एसियाकै नमूना होमस्टे, टोलटोलमा स्कुल र हरेक स्कुलमा डाक्टर पुर्याउने, भविष्य निर्माण मावि र जनचेतन माविमा प्राविधिक शिक्षा संचालन गर्ने योजना पनि अघि सारिएको छ ।
‘त्रिभुवन युनिर्भसिटीको ग्रामीण विकास बिभागसँग मास्टर प्लान बनाउने सम्झौता भएको छ,’ उनले भने, ‘दुर्इ महिनाभित्रै मास्टर प्लानप्राप्त हुन्छ र सोहीअनुसार काम अघि बढ्छ ।’
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९