हेमजा, ३ भदौं ।मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन शनिवार हेमजामा सम्पन्न भएको छ। अधिवेशनले पुनः कोविदशरण उपाध्यायको अध्यक्षतामा तीन बर्षे कार्यकालका लागि समिति चयन गरेको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा गोविन्द पौडेल, उपाध्यक्षमा बिष्णु बास्तोला, महासचिवमा श्रीभद्र पौडेल, सचिवमा रमा त्रिपाठी तथा कोषाध्यक्षमा राधा पौडेल छन् । सदस्यहरुमा बिष्णुकुमारी श्रेष्ठ, कृष्णकुमारी दवाडी, लालबहादुर गायक, धमेन्द्र पौडेल, रीता कार्की कुँवर र प्रभा पौडेल छन् ।
संस्थाका कानुनी सल्लाहकार सरलाकुमारी पाण्डे संयोजक तथा संरक्षक भुवनेश्वर शर्मा पौडेल तथा सल्लाहकार शोभाकर भण्डारी सदस्य रहेको निर्वाचन कमिटिले सर्वसम्मत रुपमा समिति चयन गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले राजनैतिक परिवर्तन जस्तै सामाजिक परिवर्तन पनि महत्वपूर्ण हुने बताएकी छन् ।
नेकपाका स्थाई कमिटि सदस्य सोमनाथ अधिकारी प्यासीले अभियानले सार्थक रुप प्राप्त गर्दै गएको टिष्पणी गर्दै सचेतनामुलक अभियानलाई कर्णाली र तराई केन्द्रीत गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशकी सांसद प्रभा कोइरालाले २१ औं शताब्दीको कलंकका रुपमा बोक्सी कुप्रथा रहेको औँल्याउँदै कतिपय शिक्षित मान्छेहरुले पनि अन्धविश्वासलाई प्रश्रय दिने गरेको जनाएकी थिइन् । सभामा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव रामप्रसाद सुवेदी, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, संस्थाका सल्लाहकार विष्णु ओझा, पोखरा २५ का वडा अध्यक्ष शोभाकर तिम्सिना, जागरण अभियान नेपालका अध्यक्ष मोतिराज तिम्सिना, संस्थाका शुभचिन्तक माधवशरण पौडेललगायतले पनि भनाई राखेका थिए ।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९