पोखरा, ३ भदौ । यस वर्षको लाइफ टाइम फोटोग्राफी अवार्डबाट पोखराका पूराना फोटोग्राफर शम्भुरत्न शाक्य सम्मानीत भएका छन्। पोखरा फोटोग्राफर संघको आयोजनामा फोटोग्राफी दिवसको अवसरमा विशेष कार्यक्रमबीच उनलाई अवार्ड प्रदान गरिएको हो । उनले २५ हजार ५ सय ५५ नगद र प्रमाणपत्र प्राप्त गरेका छन्।
गण्डकी प्रदेशमा फोटोग्राफी पेसामा विशेष योगदान पुर्याएका र कम्तीमा १५ बर्ष फोटोग्राफी गरेका व्यक्तिलाई सम्मान गर्न लाइफटाइम एचिभमेन्ट फोटोग्राफी अवार्ड स्थापना गरिएको हो । सोही अवसरमा ५० जना ब्यवसायिक फोटोग्राफर तथा फोटो पत्रकारलाई समेत सम्मान गरिएको छ । यसैगरि, फोटोग्राफर अफ दि इयरबाट पोखराका फोटोग्राफर सन्देश उदाश पुरस्कृत भए । उनले १५ हजार ५ सय ५५ नगद र प्रमाणपत्र प्राप्त गरे । मिलन यूथ इनर्जेटिक फोटोग्राफी अवार्ड पोखराका फोटोग्राफर कपिल सापकोटाले प्राप्त गरे भने दैनिक जनजीवन बिधामा अर्जुन कुँवर, संस्कृति तथा पर्यटनमा बाग्लुडका फोटोपत्रकार किरण आचार्य र वातावरण तथा प्रकृतिमा जीवन ढुंगाना पुरस्कृत भए।
उनीहरुलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बिकाश लम्सालले सम्मान गरेका हुन्। उनले प्रदेश सरकार प्रदेशभित्र रहेका सबै प्राकृतिक र ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको पहिचान गरी पर्यटक भित्राउने लक्ष्यका साथ अघि बढेको बताए। सरकारको अभियानमा सघाउन फोटोग्राफरहरुसँग उनको आग्रह छ।
प्रदेश सरकारले पनि केही समयअघि फोटो अवार्ड गरेको थियो । पोखरा फोटो ग्राफर संघको अध्यक्ष तुलसी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार विमला भण्डारीले गरेकी थिइन्। कार्यक्रममा गण्डकी फोटोग्राफर एशोसियनका उपाध्यक्ष नारायणबहादुर केसीले यस्ता कार्यक्रमले फोटोग्राफर र पत्रकारलाई हौसला मिल्ने बताए।
Related News
सम्बन्धित समाचार
दुर्गा मन्दिरमा अक्षरयात्रा
आलु महोत्सव लक्षित सरसफाइ
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति
लापरवाहीले बढ्यो सडक दुर्घटना
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९