लमजुङ, ३ भदौ । लमजुङको एक सामुदायिक विद्यालयमा सिसिक्यामाराको निगरानीमा पर्ढाई संचालन गरिएको छ । सदरमुकाम बेसीशहर नगरपालिका-११, चितिस्थित जनकल्याण माध्यमिक विद्यालयमा सीसी टिभीको निगरानीमा पर्ढाई सुरु भएको हो ।
विद्यालय हातामा जडान गरिएको सीसी क्यामराको गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले उद्घाटन गरे ।
उनले दवाडीले विद्यालयको निगरानी, पारदर्शीता र शैक्षिक गुणस्तरका लागि सीसी क्यामरा आवश्यक भएको बताए । सीसी क्यामेराको उद्घाटनपछि विद्यार्थीले गर्ने गतिविधि, शिक्षक कतिखेर आउने जाने, विद्यार्थी टिफिनकै समयमा विद्यालय छाडेर भाग्नेजस्ता कार्यको निगरानी गर्न सहज हुने उनको भनाई छ ।
विद्यालय सयममा विद्यार्थीहरू अनुशासित भई मेहनतका साथ पढुन् र शिक्षकहरुले पनि पूरा समय उपयोग गरेर पढाउन् भनेर यस्तो कार्य गरिएको सो विद्यालयका प्रधानाध्यापक अशोककुमार श्रेष्ठले बताए । उनका अनुसार तत्कालीन जिल्ला शिक्षा कार्यालयको सहयोगमा सीसी क्यमरा किनेपनि अहिले मात्र ती क्यामरा विद्यालयमा जडान गरिएको हो ।
विद्यार्थीका साथै शिक्षकको निगरानी, विद्यालयको भौर्तिक संरचनाको सुरक्षार्थ सीसी क्यामरा जडान गरिएकासोृ कार्यका अध्यक्ष जोशीले बताए । उनका अनुसार यसले गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुनेछ ।
शिक्षाको स्तर खस्किदै गएको भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने उेद्देश्यका साथ विद्यालयमा सीसी टिभी क्यामेरा जडान गरिएको अध्यक्ष जोशीले बताए ।
उनका अनुसार विद्यालयको विभिन्न ८ स्थानमा सीसी टिभी क्यामरा जडान गरिएको छ । कम्पाउण्ड घेर्नेगरी विद्यालयको कक्षा १० का कोठा, पुस्ताकालय, लेखा शाखा, कम्प्युटर ल्याब, तीन ठाउँमा सीसी क्यामरा जडान गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शिवप्रसाद जोशीले बताए । उनका अनुसार अब केही समयपछि कक्षा १ देखि १२ कक्षासम्मका सबै कक्षा कोठामा सीसी क्यामरा जडान गरीने योजना छ ।
त्योसँगै विद्यालयमा विद्युतीय हाजिर पनि सञ्चालन गरिएको छ । अब शिक्षक समयमा नआउने, बिदामा बसेर पनि एकैपटक हाजिर गर्ने जमाना गए अध्यक्ष जोशी भन्छन ।
कक्षा १२ सम्म पर्ढाई भइरहेको विद्यालयमा हाल ४ सय जना विद्यार्थी अध्यानरत छन् । विद्यालयमा चालु शैक्षिक सत्र ०७५/०७६ बाट सिभिल इन्जिनियरिङ (ओभरसियर) को पठनपाठन सुरु गरिएको उनले बताए । सो विद्यालयमा बेसीशहर नगरपालिकाको चिती, दोर्दी गाउँपालिकाको नौथर, दुवार र माझीगाउँका विद्यार्थीहरू पढ्ने गरेका छन् ।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९