पोखरा २ भदौ। सांसद प्रेमप्रसाद तुलाचनले थकाली जाति कमजोर नभएको र विभिन्न क्षेत्रमा नेतृत्व तहमा पुगेको बताएका छन्।
थकाली सेवा समिति नदीपुर, पोखराको ६४ औं वाषिर्क साधारणसभा तथा अधिवेशन उद्घाटन गर्दै सांसद तुलाचनले उक्त कुरा व्यक्त गरेका हुन्।
उनले राष्ट्रमा थकाली जाति उत्कृष्ट समुदायको रुपमा परिचित भएको उल्लेख गर्दै थकालीहरूले आफ्नो भेषभूषा र संस्कृति भुल्न नहुने बताए। मुस्ताङमा भइरहेका विकास निर्माणको चर्चा गर्दै धेरै वर्षदेखि अधुरो रहेका पुलपुलेसा आफ्नो पहलमा निर्माण पूरा गरेको जानकारी दिए। साथै उनले मुक्तिनाथ गुरु योजनासहित मुस्ताङलाई विशेष पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न कार्यहरू अघि बढेको बताए।
समितिका पूर्व अध्यक्षद्वय अजित शेरचन, अम्बर तुलाचन, केन्द्रीय सह-सचिव किरणप्रसाद भट्टचन, पोखरा महानगरपालिकाका बोर्ड सदस्य ओम गौचन, सम्मानित पूर्णकुमारी शेरचनले शुभकामना मन्तव्य राख्दै आफ्नो संस्कृत्रि्रति गर्व गर्नुपर्ने बताए।
समारोहमा समाजलाई योगदान पुर्याउने पूर्णकुमारी शेरचन, पोखरामा पहिलो बोर्डिङ स्कूलका संस्थापक विकलप्रसाद शेरचन, आर्थिकदाताहरू राजेन्द्र शेरचन, योगेन्द्र शेरचन, सु. यामबहादुर गौचन, मीनबहादुर शेरचन, रीता गौचन, सिकन्दर गौचन र अमृतकुमारी गौचनलाई सम्मान गरिएको थियो।
यसैगरी थकाली सेवा समितिबाट पाँच जना र पूर्णप्रसाद तुलाचन शैक्षिक प्रतिष्ठानबाट चार जना उत्कृष्ट थकाली विद्यार्थीलाई सम्मान गरियो। त्यस अवसरमा फरेञ्ज लिंक एजुकेशनले पनि विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेको थियो।
कार्यक्रममा थकाली महिला सांस्कृतिक परिवारले नृत्य प्रस्तुत गरेको थियो। समितिका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष शिवशंकर गौचनले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रम सञ्चालन सचिव इ. गोविन्द गौचनले गरेका थिए।
अध्यक्षमा शिवशंकर
थकाली सेवा समिति पोखराको ६४ औं वाषिर्क साधारणसभा तथा अधिवेशनले शिवशंकर गौचनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा इ. गोविन्द गौचन, सचिवमा रुपिन्द्र तुलाचन, कोषाध्यक्षमा गोपालप्रसाद शेरचन र सहसचिवमा गोपी तुलाचन रहेका छन्।
निवर्तमान अध्यक्ष विश्वमोहन गौचन पदेनसदस्य सहित समितिका सदस्यमा झलक गौचन, यशोदा गौचन, खिमप्रसाद गौचन, धनप्रसाद गौचन, नन्दप्रसाद तुलाचन, ओमकुमारी शेरचन, पूर्णकुमारी शेरचन, निलप्रसाद गौचन, अशोक शेरचन, चित्र भट्टचन र सूर्यबहादुर तुलाचन रहेका छन्। नव निर्वाचित पदाधिकारीहरूलाई पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक अजित शेरचनले सपथ ग्रहण गराएका थिए।
यसैगरी थकाली सेवा समितिको भ्रातृ संस्था थकाली महिला संस्कृति संरक्षण परिवारको पनि नयाँ कार्यसमिति चयन भएको छ। समितिको अध्यक्षमा मनिका शेरचन, उपाध्यक्षमा पूजा शेरचन, सचिवमा मीनिता शेरचन, सहसचिवमा अनिता तुलाचन र कोषाध्यक्षमा मीनु शेरचन चयन भएका छन्। साथै सदस्यमा एञ्जिला शेरचन, ममता गौचन, विमला शेरचन, वविता गौचन, कल्पना गौचन, युनिस्मा तुलाचन, जूनी शेरचन र ममता शेरचन रहेका छन्। सल्लाहकार समितिमा सतकुमारी शेरचन, पद्मा शेरचन र सवी शेरचन रहेका छन्। थकाली महिला परिवारमा सतकुमारी शेरचन नेतृत्वको कार्य समितिलाई नै निरन्तरता दिइएको छ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९