पोखरा, २ भदौ । वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले पर्यटकलाई गुणस्तरीय सेवा दिन होटल व्यवसायीलाई आग्रह गरेका छन् ।
पृथ्वी होटल व्यवसायी समितिको सातौ साधारणसभा तथा चौथो अधिवेशन शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री लम्सालले होटल व्यवसायीले पर्यटकमैत्री वातावरणमा होटल संचालन गर्नुपर्नेमा समेत जोड दिए।
प्रदेशको विकासका लागि पर्यटन क्षेत्रलाई प्रदेश सरकारले मुख्य आधार बनाएको मन्त्री लम्सालको कथन थियो । प्रदेश सरकारले यहाँस्थित होटलको वर्गीकरण थाल्ने जानकारी दिए । बढीभन्दा बढी पर्यटक भित्राउन होटल व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा मन्त्री लम्सालको जोड थियो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारी, राष्ट्रिय घरभाडा व्यवसायी सरोकार समिति महासंघका अध्यक्ष यामबहादुर पौडेल, पत्रकार सन्देश श्रेष्ठ, कास्की प्रहरी प्रमुख ओमबहादुर रानामगर लगायतले शुभकामना मन्तव्य राखेका थिए।
समितिका महासचिव बालकृष्ण निउरेले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा समितिले पत्रकार सन्देश श्रेष्ठलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेको छ ।
त्यसैगरी, उत्कृष्ट होटल व्यवसायीका रुपमा होटल गोर्खा होमकी संचालिका तारादेवी गुरुङ र दश जोड दुर्इ उत्तीर्ण होटल व्यवसायीका छोराछोरीमध्ये सम्झना होटलका संचालक छवि लामिछानेकी छोरी सम्झना लामिछाने समेतलाई सम्मान गरिएको थियो ।
त्यस्तै, पृथ्वी होटल व्यवसायी समितिका संस्थापक अध्यक्ष रिजन शेरचन, वरिष्ठ उपाध्यक्ष हरिप्रसाद पाण्डे, सदस्यहरु सूर्यप्रसाद थकाली, भुवानीप्रसाद अधिकारी, मोत्रि्रसाद श्रेष्ठ र अमृत घिमिरे लगायतलाई सम्मान गरेको थियो ।
समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रिजन शेरचनले संस्थाबारे प्रकाश, वरिष्ठ उपाध्यक्ष हरिप्रसाद पाण्डेले स्वागत र महासचिव बालकृष्ण निउरेले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९