पोखरा, २ भदौ। गण्डकी प्रदेशका सांसद मीना गुरुङले महिला सक्षम हुनुपर्नेमा जोड दिएकी छन्। वरिष्ठ सौन्दर्यकर्मी समेत रहेकी सांसद गुरुङले अब कसैसँग पैसा माग्नुभन्दा स्वयं सक्षम भएर अरुलाई दिन सक्नुपर्ने बताइन्।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको शनिबार भएको मिस एण्ड मिसेस तीज-२०७५ उद्घाटन सत्रमा बोल्दै सांसद गुरुङले महिला अब व्यावसायिक हुँदै आत्मनिर्भर बन्न सुझाव दिइन्।
समाज परिवर्तनको लागि महिला एक हुनुपर्ने उनले बताइन्। सौन्दर्य क्षेत्रमा लागेका महिलाको शक्तिकरणको लागि युनियनले विगतदेखि विभिन्न कार्यक्रम गर्दै आएको सांसद गुरुङको भनाइ थियो।
युनियनका केन्द्रीय अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ब्रहृ्रकुमारी इश्वरीय विश्वविद्यालय पार्दीकी अप्सरा दिदी, पत्रकार महासंघ कास्कीका सहसचिव दीननाथ बराल, जिफन्टकी हीरु पुन, युनियनका महासचिव पवि गुरुङ लगायतले महिला अब स्वरोजगार बन्नुपर्ने बताए ।
सो अवसरमा संस्थाले युनियन पर्वतले सांसद गुरुङलाई सम्मान गरेको छ भने सांसद गुरुङले कुशल संगठनबाट केन्द्रिय महासचिव पवि गुरुङ, क्रियाशील सदस्यबाट नूर गुरुङ र उर्जाशील सदस्यबाट युनियन पर्वत अध्यक्ष कमला पौडेललाई सम्मान गरिन् ।
सो अवसरमा भएको मिस क्याटवाक उपाधि जेनिसा गुरुङ र मिसेस क्याट वाकको उपाधि सृजना लामाले हात पारे । उत्कृष्ट नृत्यमा हीरा भण्डारी घोषित भइन्।
कार्यक्रममा तीज अवसरमा युनियनले आफ्ना सदस्यलाई दर खुवाएको थियो। कार्यक्रमको प्रायोजन हङकङ व्युटी इन्स्टिच्युट प्रालि तथा क्लारा इन्टरनेश्नल स्पा एवं व्युटी कलेजले गरेको थियो ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९