पोखरा, २ भदौ। बृहत् सफाइ अभियानअन्तर्गत ११६ हप्ताको कार्यक्रम शनिबार बसुन्धरा पार्कसँगैको फेवाताल किनारमा सम्पन्न भएको छ।
कार्यक्रममा झण्डै ३ टन फोहरमैला संकलन भएको मितेरी नारी समूहकी अध्यक्ष मीरा पौडेलले बताइन्। प्रमुख अतिथि सशस्त्र प्रहरी बल कालिकागणका गणपति प्रहरी उपरीक्षक मुरारी बस्नेतले यसप्रकारका अभियानमा सशस्त्र प्रहरी बलको सदैव साथ र सहयोग रहने बताए।
पोखरामा जारी सो अभियानमा शनिबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआइसी एशिया बैंक, गण्डकी विकास बैंक, माछापुच्छे महिला क्लब, अभियान महिला समूह, ड्यामसाइड टोल विकास संस्था, मितेरी नारी समूह, पृथ्वीनारायण क्याम्पस, एनएमबी बैंक, अम्बोट डुंगा व्यवसायी संघ, फिस्टेल डुंगा व्यवसायी संघ, पोखरा युथ नेर्टवर्क, चण्डिाका आमा समूह, शान्तिपाटन टोल विकास संस्था लगायत विभिन्न क्षेत्रका अभियन्ताको ऐक्यबद्धता रहेको संयोजक रामबहादुर पौडेलले जानकारी दिए।
वडाध्यक्ष जगतबहादुर पहारीले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएको कार्यक्रममा वडा सदस्य एवं बैदाम क्षेत्रका सरसफाइ संयोजक हरिकृष्ण पहारीले धन्यवाद ज्ञापन गरेका थिए।
आगामी ११७ हप्ताको अभियान रत्न मन्दिरमा हुनेछ।
Related News
सम्बन्धित समाचार
निस्सा वितरण
गाईजात्रा नाच प्रदर्शन
परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान
उदय र आशलाई कञ्चन पत्रकारिता पुरस्कार’
ब्रह्माकुमारीमा रक्षाबन्धन एवं स्नेह मिलन
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९