पोखरा, २ भदौ। पोखरा भाँडा व्यवसायी संघ कास्कीको शनिवार सम्पन्न ११ औ स्थापना दिवस तथा छैटौं अधिवेशनले बलराम तिमिल्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।
कार्यसमिति प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा कविन्द्रमान पालिखे, सचिवमा लक्ष्मीप्रसाद अधिकारी, कोषाध्यक्षमा ओमकुमार श्रेष्ठ, सहसचिवमा कृष्णहरि पौडेल र सहकोषाध्यक्षमा सुनकुमारी गुरुङलाई चयन गरेको छ।
त्यस्तै, सदस्यमा रञ्जना मानन्धर, बुद्व्रि्रसाद भण्डारी, कृष्ण श्रेष्ठ, विक्रमजित पालिखे, शिव लामिछाने, मनोहरि भण्डारी, सुरेशकुमार ताम्राकार, प्रकाश पौडेल, रामजी बराल, कल्याणी पालिखे र दिलमाया प्रजापति छन्। समितिको निवर्तमान अध्यक्ष डीबी भुजेल छन्।
शनिवार नै सम्पन्न बैठकले संरक्षक एवं सल्लाहकार चयन गरेको छ । संरक्षक सदस्यमा वसन्त कोइराला, सल्लाहकारमा रविन्सन प्रजु, भरतराज शाक्य, पुरुषोत्तम श्रेष्ठ, नारायण कोइराला, कुश कार्की, सुरेन्द्र श्रेष्ठ, विनोद गुप्ता र राजमान ताम्रकार छन्।
त्यस्तै, कानूनी सल्लाहकारमा जनक बोहरा र प्रेस सल्लाहकारमा नवीन सिग्देललाई चयन गरिएको छ।
यसअघि साधारणसभाले सचिव कविन्द्रमान पालिखेले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो।
कार्यक्रममा वरिष्ठ पुराना व्यवसायी सम्मानबाट विन्ध्येश्वरी धातु भाँडा उद्योगका आनन्दमान ताम्राकार, क्रियाशील सदस्य सम्मानबाट पालिखे गिफ्ट एण्ड किचनका कविन्द्रमान पालिखेलाई सम्मान गरिएको छ।
एसर्इइ परीक्षामा संस्थाका सदस्यका छोराछोरीमध्ये उत्कृष्ट अंक ल्याउने असिम चापागाईं, सलिना श्रेष्ठ र अपाङ्गता भएकी सन्ध्या सुवेदीलाई सम्मान गरिएको छ।
साधारणसभा उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वसन्त उदासले अगुवा संस्थाको रुपमा स्थापित हुने गरी काम गर्न आग्रह गरे।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले अवैज्ञानिक कर घटाउनका लागि संघले पहल थालेको बताए।
पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले व्यवसायीक हितका लागि संघलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
पोखरा भाडा व्यवसायी संघका निवर्तमान अध्यक्ष कुश कार्कीले संघको भवन निर्माणका लागि जग्गा खरिदको योजना अघि सारिएको बताउँदै सहयोग गर्न सबैलाई आग्रह गरे।
कार्यक्रममा संस्थाका संरक्षक वसन्त कोइराला, सल्लाहकारहरु नारायण कोइराला, भरतराज शाक्य, पोखरा ग्यास बिक्रेता संघका अध्यक्ष नारायण पौडेल, संस्थाका आजीवन सदस्य विष्णु गौतम, छात्रा सेलिना श्रेष्ठ लगायतले बोलेका थिए।
पोखरा भाँडा व्यवसायी समितिका अध्यक्ष डीबी भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष नरेन्द्रप्रसाद आचार्यले स्वागत र सचिव कविन्द्रमान पालिखेले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९