पोखरा, ३० साउन । प्रदेश सरकारले रत्न मन्दिर र हिमागृह सर्वसाधारणको लागि खुला गर्ने तयारी गरेको छ ।
नेपाल ट्रष्ट मातहतमा रहेका रत्न मन्दिर र हिमागृहलाई केन्द्रिय सरकारसँग छलफल गरी पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको उद्योग पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।
‘हाम्रो प्रदेशको पर्यटकीय केन्द्र फेवाताल किनारको रत्न मन्दिरलाई संग्रहालयको रुपमा विकास गर्ने हाम्रो योजना छ,’ मन्त्री लम्सालले भने, ‘यहाँ संसारभरका पर्यटकलाई नेपालको शासन सत्ताका बारेमा अध्ययन गर्ने र शासकको निजी जीवन हेर्ने एक संग्रहालय बनाई रत्न मन्दिर खुल्ला गर्ने तयारी छ।’ यसलाई लेक म्यूजियम र जैविक विविधता अध्ययन गर्ने स्थल बनाउँदै अन्य पर्यटकीय गतिविधि बढाउन सकिने उनको भनाइ छ।
नेपाल ट्रष्ट सञ्चालक समिति अध्यक्ष गृहमन्त्री रहने प्रावधान रहेको छ। मन्त्री लम्सालले नेपाल सरकारसँग छलफल गरी रत्न मन्दिर लाई संग्रालयको रुपमा विकास गरी प्रदेश मातहत ल्याउन पहल गरेको बताए। उनले रत्न मन्दिरलाई व्यवस्थापन गरी केही महिना भित्रमानै खुल्ला गरी पर्यटकको आकर्षण बढाउने उल्लेख गरे ।रत्न मन्दिर खुलाउने विषयमा मन्त्री लम्साल र सामाजिक विकास मन्त्री नरदेवी पुनले यसको अवलोकन गरेका थिए।
पूर्वराज परिवारले विन्टर प्यालेसका रुपमा प्रयोग गर्दै आएको रत्न मन्दिरलाई शाहवंशीय राजतन्त्रको प्रतीकका रुपमा संग्रालय बनाएर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयवासीको माग रहँदैआएको छ। रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन्। पुरानै अवस्थामा रहेको यसको सरसफाइलगायत रेखदेखमा केही कर्मचारी खटिएका छन्। प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन पनि छ। बंगला शैलीको रत्न मन्दिरमा बेतका खाटलगायत घरायसी र सजावटका सामान छन्। राजा महेन्द्रले भारतबाट ल्याएका पलङलगायत बेतबाट बनाइएका फर्निचरहरू अहिले पनि त्यहीँ छन् ।
दरबारले विदेशी पाहुनासमेत यहीँ राख्थ्यो। तालघरमा तत्कालीन राजाहरूले विदेशी पाहुनासँग भेट गर्थे। नेपालका लागि विभिन्न देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउने कार्यक्रम पनि यहीँ हुन्थ्यो। बेलायती महारानी, चीनका राष्ट्रपतिलगायत बसेको रत्न मन्दिरमा बस्ने नेपालका एक मात्र प्रधानमन्त्रीचाहिँ बीपी कोइराला थिए। उनी राजा महेन्द्रको पालामा विशिष्ट पाहुना बनेर यहाँ आएका थिए।
राजा महेन्द्र भ्रमण क्रममा पोखरा आएका बेला ताल किनारमा बसेपछि ठाउँ मन परेर यहाँ रत्न मन्दिर बनाएका थिए। स्थानीयसँग जग्गा किनेर २०१३ मा निर्माण शुरु भएर २०१५ मा रत्न मन्दिरको निर्माण सम्पन भएको हो। १ सय १४ रोपनी क्षेत्रफलमा फैलिएको यहाँ हेलिप्याडसमेत छ। २०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि यो दरबारमा चहलपहल कम हुँदै गयो।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९