काठमाडौँ, ३० साउन । अबदेखि प्रदेश तहमा कर्मचारीको खटनपटन सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ ।
यसअघि प्रदेश तहमा सङ्घ(केन्द्र)ले कर्मचारी खटाउँदै आएकामा अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
‘अब हामीप्रदेश सरकारका लागि एकमुष्ट कर्मचारी पठाउछौँ’, उनले भने, ‘अनि मुख्यमन्त्रीको कार्यालयले आवश्यक पर्ने ठाउँमा कर्मचारी पठाउँछ ।’
मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिवलाई कर्मचारी खटाउने अधिकार प्रदान गरेको छ । कर्मचारी समायोजन ऐन २०७४ अनुसार तीन तहमा कर्मचारी समायोजन नभएसम्मका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयले नै कर्मचारी खटाउने व्यवस्था गरिएको उनले बताए ।
खटाइएका कर्मचारीको अध्ययन र असाधारण बिदाबाहेक अन्य बिदा काज स्वीकृत गर्ने, पुरस्कृत वा विभागीय कारवाही गर्नुपर्ने भए सिफारिस गर्नुपर्नेजस्ता अधिकार प्रदेश प्रमुख सचिवलाई प्रदान गरिएको छ । संगठन संरचनानुसार ७ वटै प्रदेशमा १६ हजार ५ सय ७० कर्मचारी रहनेछन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९