पोखरा, ३० साउन । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले जिल्लाको शान्तिसुरक्षा पहिलो शर्त भएको बताएका छन् । उनले आपराधिक क्रियाकलाप न्यूनीकरण गर्दै समाजमा अमनचयनको वातावरण सिर्जना गर्न टोलका आमा समूह, क्लब, सर्वसाधारण लगायतको पनि उत्तिकै सहयोग हुने बताए ।
सगरमाथामार्ग आमा समूह, पोखरा १४ को बुधबार छैटौं वाषिर्क साधारणसभा कार्यक्रम उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि एसपी रानाले सो कुरा बताएका हुन् ।
उनले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा न्यूनीकरण गर्दै समाजमा लागु औषध नियन्त्रण गराउन गर्न प्रहरीले सक्रियता बढाएको बताए । उनले मोवाइलको दुरुपयोगले आपराधिक क्रियाकलाप बढाउन मद्दत पुगेको भन्दै यसको सही सदूपयोग गर्न सुझाव समेत दिए । साथै तीज शुरु हुन लाग्दा चोरीका घटना बढेकोले महिला दिदीबहिनीले गरगहना लगाउँदा सुरक्षित ढंगले लगाउनुपर्ने बताए ।
उनले समाजमा विकृति विसंगति ल्याउने र सामाजिक सुव्यवस्था खलल पार्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउने चेतावनी दिए । महिलाले आयआर्जनका लागि सीप सिक्नुपर्ने सुझाव दिँदै उनले आफू सगरमाथा मार्ग टोलबासी भएको नाताले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कास्कीका महासचिव बोधबहादुर कार्कीले विकृति विसंगति न्यूनीकरणका लागि आमा समूह लागिपर्नुपर्ने बताए । महिलालाई समय समयमा विभिन्न प्रकारका सीप सिकेर आयआर्जनमा लाग्न सुझाव समेत कार्कीले दिए । जिल्लामा एसपी राना आइसकेपछि शान्तिसुरक्षा सवल बन्दै गएको आफूहरुले महसुस गरेको बताए ।
छोरेपाटन प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक (सर्इ) होतबहादुर रोकाहाले समाजमा आपराधिक क्रियाकलाप न्यूनीकरण गर्दै शान्ति सुव्यवस्था कायम गर्न सम्पूर्णको उत्तिकै भूमिका हुने बताए । उनले आफू पनि सोही टोलबासी भएको नाताले कास्की प्रहरी प्रमुख रानालाई स्वागत गर्दै टोलको विकासमा हरेक तवरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पोखरा १४ का वडा सदस्य जितेन्द्रजंग थापा, पोखरा महानगरपालिका कार्यपालिका बोर्ड सदस्य यशोदा भट्टराई, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी अञ्चल अध्यक्ष शंकरविरही गुरुङ, आमा समूह सदस्य रीमा राना, सहसचिव सरिता बास्तोला, सगरमाथा टोल विकास संस्था अध्यक्ष रुपबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एसपी रानालाई आमा समूहले सम्मान गरेको थियो ।
सगरमाथामार्ग आमा समूहका अध्यक्ष जूना क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रेणु थापा जिसी र संचालन सचिव मञ्जुकुमारी श्रेष्ठले गरेका थिए । कार्यक्रममा सचिव श्रेष्ठले सचिवको प्रतिवेदन पेस गर्दै भावी कार्यक्रम समेत प्रस्तुत गरेकी थिइन् । विभिन्न सामाजिक कार्यक्रमले सो आमा समूह टोलमा नमूना बन्दै गएको सगरमाथा टोल विकास संस्थाका सचिव कृष्णप्रसाद बरालले बताए ।
Related News
सम्बन्धित समाचार
यातायात पत्रकारिता पुरस्कारबाट ऋषिकान्त सम्मानित
खुल्यो मोहोरियामा कृषि सहकारी
जापानमा मौलिक फोटो प्रतियोगिता
डागर स्मृति प्रतिष्ठानको सम्मान
राधा–लक्ष्मी स्मृति पुरस्कार चतुरमानलाई
hero news full width
मुख्य समाचार
संशोधनसहित वन विधेयक पास : संरक्षित क्षेत्रमा प्रदेशको हस्तक्षेप
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
असाेज ४, २०८०सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०