पोखरा, ३० साउन । पोखरा उच्च अदालत वार एशोसिएसनको भदौ २ मा हुने निर्वाचनको लागि बुधबार उम्मेदवार परिचय कार्यक्रम भएको छ । चुनावमा प्रगतिशील तथा पेसागत समूह र प्रजातान्त्रिक समूह गरी २ प्यानल चुनावी भिडन्तमा छ ।
निर्वाचन समितिको आयोजनामा उच्च वार भवनमा भएको कार्यक्रममा दुवै समूहले पेसागत हकहित र बार-बेञ्च सम्बन्ध सुधारका लागि उम्मेदवारी दिएको दाबी गरे ।
वामनिकट कानून व्यवसायीमध्ये प्रगतिशील तथा पेसागत समूहबाट जनकल्याण पराजुलीको नेतृत्वमा र काँग्रेसनिकट कानून व्यवसायीतर्फबाट प्रजातान्त्रिक समूहका रोहितराज बास्तोला नेतृत्वको १३ सदस्यीय प्यानलसहित उम्मेदवारी दर्ता भएको छ ।
प्रगतिशील समूहबाट उपाध्यक्ष भुवन पराजुली, सचिव धनबहादुर रानाभाट, कोषाध्यक्ष कल्पना भण्डारी, सहसचिव निर्मला सुवेदी, सदस्यमा डीपी अधिकारी, डिल्लीराम अधिकारी, दीपक शर्मा पौडेल, गेज शर्मा, जीवनाथ शर्मा, तिलकप्रसाद कोइराला, सुष्मा पौडेल र मातृका लामिछाने उम्मेदवार छन् ।
यस्तै प्रजातान्त्रिक समूहबाट उपाध्यक्ष उत्तम केसी, सचिव विनोद रेग्मी, कोषाध्यक्ष माधवी पाण्डे र सहसचिव मीनाकुमारी रानाभाट छन् । सदस्यमा हरिबहादुर भुजेल, दुर्गा कोइराला, लेखनाथ सापकोटा, गीताकुमारी लामिछाने, दीपेन्द्र अर्याल, हेमराज बराल, सन्तोषमणि लामिछाने रर्र् इश्वर चिलुवालको उम्मेदवारी छ ।
उम्मेदवार परिचय कार्यक्रममा प्रजातान्त्रिकतर्फबाट अध्यक्ष उम्मेदवार रोहितराज बास्तोलाले व्यावसायिक बार बनाउन कटिबद्ध रहेको बताए। उनले न्यायको लागि काम गर्ने र वारमा पहिलेदेखि चलिआएको राम्रो कार्यको निरन्तरता दिने उल्लेख गरे ।
यस्तै, प्रगतिशीलबाट अध्यक्षका उम्मेदवार जनकल्याण पराजुलीले कानूनी शासन, संवैधानिक सवोर्च्चता, लोकतन्त्रको लागि र स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि पहरेदारकीको रुपमा काम गर्ने बताए । उनले विदेश वारसँग भगिनी सम्बन्ध स्थापना गर्ने, विदेशी प्रोजेक्ट डाइरेक्ट ल्याउने, क्षमता अभिवृद्धिको लागि काम गर्ने, पोखरा वारलाई नमूना बार बनाउने दृढता व्यक्त गरे । उनले वार भवनमा थप सुविधा थप्दै ६ महिनाभित्र एयर कन्डिसनयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि वारमा सर्वसम्मत् प्रयास भए पनि सम्भव नभएपछि दुवै पक्ष चुनावमा होमिएका हुन् । गत वर्ष प्रगतिशीलले उम्मेदवारी दर्ता नै नगरेपछि प्रजातान्त्रिक समूह सर्वसम्मत् बनेको थियो ।
वारको चुनाव शनिबार हुने निर्वाचन समिति संयोजक मुकुन्दराज अर्यालले जानकारी दिए । अर्यालको अध्यक्षतामा भएको कार्यक्रम निर्वाचन सदस्य रघुनाथ अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९