लेखनाथ, ३० साउन । टोल सफा र स्वच्छ बनाइराख्न पोखरा-२९ को सिर्द्धार्थ बुद्ध टोल विकास संस्थाले सरसफाइ अभियान तीव्र पारेको छ ।
सरसफाइबारे सचेतना जगाउँदै बुधवार टोलको क्षेत्राधिकारअन्तर्गत बाटोको दायाँ-बायाँको फोहर संकलन गर्ने र आफ्नो घरआँगनअघि स्वयंले सफा राख्न सबैलाई आग्रह गरिएको थियो । संस्था अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङको नेतृत्वमा निस्किएको टोलीले पृथ्वीराजमार्गको छेउछाउ, भण्डारढिक र खल्याण लगायत क्षेत्रमा सरसफाइ गरेको हो । वडाध्यक्ष चेतबहादुर गुरुङले टोल सरसफाइको लागि स्वयं टोलबासी नै सक्रिय भए महानगरपालिकाको तर्फबाट सहयोग प्राप्त हुने धारणा राखेका थिए । कार्यक्रममा संस्थाकी सचिव चीनमाया गुरुङ, सैनिकवस्ती आमा समूहकी अध्यक्ष श्रीमाया गुरुङ, सदस्य विन्दु केसी र लालमाया गुरुङले सरसफाइ महत्व र उपादेयिताबारे जानकारी गराएका थिए ।
Related News
सम्बन्धित समाचार
तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना
डाँडाकोनाक–विजयपुर कालोपत्रे तयारी
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
कृषि पत्रकारिता तालिम
जनप्रकाश क्याम्पसको २० औं साधारणसभा
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
प्रधानन्यायाधीशमा राउत नियुक्त
असाेज २०, २०८१दशैँको बेला च्याङ्ग्राको व्यापार
असाेज २०, २०८१गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
असाेज १९, २०८१प्रतिभामा खेलकुद कार्यक्रम सुरु
असाेज १९, २०८१पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
असाेज १९, २०८१