पोखरा, ३० साउन । नेपाल इन्नोभेसन टेक्नोलोजी इटरप्रेनयर सेन्टर (नाइटेक)ले नेपालका विभिन्न २० वटा गाउँमा अल्लो प्रशोधन प्रविधि पुर्याउने योजना ल्याएको छ। प्राध्यापक अजय थापाको नेतृत्वमा पर्वत घुरुङ्गामा अल्लो प्रशोधन प्रविधि सफल भएपछि गाउँगाउँमा विस्तार गर्न लागिएको हो।
पोखरा विश्वविद्यालयका विद्यार्थी सम्मिलित नाइटेक नामक एक संस्थाले यो प्रविधिलाई गाउँ गाउँसम्म पुर्याउन लागेको हो।
प्रविधि विस्तारका लागि पोखरामा भदौ २ देखि ६ दिनसम्म तालिम हुने नाइटेकका कार्यक्रम व्यवस्थापक रवि भण्डारीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा अल्लो प्रशोधन प्रविधिबारे सीप सिकाइने छ भने बजार व्यवस्थापन, व्यापारिक स्वरुपको निर्माण लगायत अन्य विषयमा समेत ज्ञान दिइने जनाइएको छ। पोखरा विश्वविद्यालयमा अवस्थित नाइटेकले २ वर्षदेखि उपयुक्त प्रविधिको बारेमा अनुसन्धान गर्दै आएको छ। लगातार अनुसन्धान र निरन्तरको विकास पछि अल्लो पकाउने, कुट्ने र धुने प्रबिघी घुरुङ्गामा सफल परीक्षण भएको थियो। यसको उपयोगको परिक्षण गर्न पर्वतको सालिजा गाउँबाट १४ वर्षदेखि अल्लो प्रशोधनबारे काम गरेका ३ जना महिलाहरुलाई यो प्रविधि प्रयोग गर्न दिइएको थियो।
स्थानीय भाषामा अल्लो भन्नाले एकप्रकारको सिस्नो जस्तै बनस्पति हो। यो नेपालको पहाडी भूभागका ज·लका खुला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइन्छ।
Related News
सम्बन्धित समाचार
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
प्रधानसम्पादक बास्तोला सम्मानित
बगनासकालीको वार्षिक समीक्षा
करेन्ट लागेर ससुरा–बुहारीसहित ३ जनाको मृत्यु
चुनाव मिति आज तोकिने
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९