पोखरा, २९ साउन । तमु समुदायको परम्परागत साँस्कृतिक पर्व ट्होटें पोखरामा मंगलबार मनाइएको छ । तमु धिं नेपालको आयोजनामा सो पर्व र्याली, सभा र सम्मान कार्यक्रमसहित मनाइएको हो ।
पोखराको पुरानो टुँडिखेलमा पितृ र प्रकृतिको पूजा गर्दै शुरु उधौली ट्होटें र्याली बागबजार, विन्दवासिनी भैरवटोल, नालाको मुख, सिर्द्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजारस्थित तमु धिं नेपालमा पुगेर समारोहको आयोजना गरिएको थियो । ट्होटें र्यालीमा मौलिक भेषभूषा, बाजागाजा, झाँकी र साँस्कृतिक प्रस्तुतिसहित तमु लगायत आदिवासी जनजातिहरुको बृहत् सहभागिता थियो।
टुडिखेलमा धुप हाल्दै ट्होटें र्यालीको प्रारम्भ र तमु धिं नेपालमा आयोजित ट्होटें समारोह उद्घाटन गर्दै प्रदेश सांसद मनबहादुर गुरुङले ट्होटें पर्वको शुभकामना व्यक्त गरे । बैरी धपाउने साँस्कृतिक पर्वले सबै खाले बैरीहरुलाई परास्त गर्दै जाने बताए।
तमु धिं नेपाल लगायत आदिवासी जनजातिले तमुवानको माग, पहिचानको सम्बोधन, अधिकारको सुनिश्चिताका लागि मागमात्रै नभएर आन्दोलित भइरहँदा आफूले पनि पार्टिभित्र तमुलगायत आदिवासी जनजातिको आवाज उठाएको उल्लेख गरे ।
गुरुङले प्रदेश समृद्ध बनाउन प्रदेश नामकरणमा गण्डकीमात्रै नभै गण्डकी-तमुवान-मगराँत नामकरणका लागि संघर्ष गरे पनि सुनुवाइ हुन नसकेको भन्दै दुखेसो गरे । पहिचानसहितको नामकरणका लागि पहिचानको ५ र सामर्थ्यको ४ आधारले प्रष्ट निर्देश गरे पनि दुर्इतिहाईको नाममा तमुलगायत आदिवासी जनजातिको भावनाको प्रदेशसभाले सम्बोधन गर्न नसकेको भन्दै तमुवान(मगराँत प्राप्तिका लागि आन्दोलन जारी राख्नुपर्ने उनको सुझाव थियो ।
प्रदेश सांसद हरिशरण आचार्यले आफूहरु सत्यताको पक्षमा यस प्रदेशलाई तमुवान नामकरण गर्नुपर्ने पक्षमा प्रदेशमा एक्लो बनेको सुनाए । आचार्यले तमुवानका लागि आवाश्यक परे शहीद हुन तयार रहेको घोषणा गरे ।
उनले थपे, ‘खोसिएको अधिकार प्राप्तिका लागि निरन्तर संघर्षरत् रहने बताउँदै जगमान गुरुङ, किरण गुरुङहरु तमुवान प्राप्तिविरुद्ध लागेकाले गुरुङ भन्न सकिँदैन।’
प्रहरी नायव महानिरीक्षक दानसिंह बोहोराले तमुलगायत आदिवासी जनजातिहरुले उठाउँदै आएको आइएलओ १६९ र नेपालको संविधानले प्रदान गरेको अधिकारप्राप्त होस भन्दै ट्होटेंको शुभकामना दिए।
नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङले तमुवान-मगराँतको पहिचान अधिकार प्राप्तिका लागि निरन्तर आन्दोलन आवाश्यक रहेको भन्दै आदिवासी जनजातिलाई एकतावद्ध हुन आग्रह गरे। उनले आन्दोलनमात्रै नभएर कार्यकारी पदमा आदिवासी जनजातिको प्रवेशलाई विशेष सोंच बनाउनुपर्नेमा जोड दिए।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले तमु लगायत आदिवासी जनजातिलाई पहिचान, अधिकार प्राप्ति, प्रतिनिधित्वको सुनिश्चितता र पहुँचमा नपुग्दासम्म समतामूलक समाज निर्माण हुन नसक्ने दावी गरिन्। विभेद अन्त्य, सबैको सम्मानसहितको राज्य व्यवस्था र पहिचानको सम्मान गर्दै तमुवान(मगराँत प्रदेश नामाकरण नगर्दासम्म आन्दोलन जारी रहने बताए। पहिचानको आन्दोलनलाई केही तमु र आदिवासी जनजाति प्रतिनीधिहरुले नै कमजोर बनाएकाले बहिष्कार समेत गरेकोले तमुवान(मगराँत संघर्ष समितिको उक्त निर्णयलाई कार्यन्वयनका लागि आग्रह गरिन् ।
कार्यक्रममा ट्होटेंका संयोजक कृष्णकुमार गुरुङ, युग गुरुङ लगायत बोलेका थिए ।यसैगरी, गोर्खा धार्चे गाउँपालिका ५ गुम्दाका पूर्णबहादुर र पुर्णी गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचारत ११ वषीय छोरा सुरज गुरुङलाई तमु धिं नेपालको तर्फबाट १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा स्र्टार्स स्टुडियो, दुधपोखरी तमु समाज, चिउलीपार्चे तमु समाज, आँधी खोला तमु समाज, पैयुखोला तमु समाज र हिमाली साँस्कृतिक परिवारका कलाकारहरुको साँस्कृतिक प्रस्तुति थियो।
यस्तै, सो कार्यक्रममा सहयोगी संस्था ओम डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र प्रहरी निरीक्षकबाट नायब उपरीक्षकमा बढुवा भएका रवीन्द्रमान गुरुङलाई सम्मान गरिएको थियो।
तमु धिं नेपाल अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव गिरीप्रसाद गुरुङले गरेका थिए । गुरुङ जातिले साउन र चैत अन्तिम मंगलबार यो पर्व मनाउँदैआएका छन् ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९