लमजुङ, २९ साउन। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आध्यात्मको विकास जरुरी रहेको बताएका छन्। उनले करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा दर्शन तथा पुनःनिर्माणको स्थिति अवलोकनका अवसरमा आयोजित कार्यक्रममा त्यस्तो बताएका हुन्।
‘आध्यात्मिक भावनाको विकास गर्न सकेमात्र वास्तविक रूपमा समृद्धि हासिल हुन्छ’, उनले भने, ‘मानवीय विकासका लागि आध्यात्मको जरुरी छ, भौतिक विकासले मात्र समाज समृद्ध हुँदैन’।
प्रदेशमा रहेका धार्मिक क्षेत्रको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने प्रदेश सरकारको नीति रहेको जानकारी दिँदै उनले अध्यात्मको विकासले सामाजिक सेवा र एकताको भावना जागृत हुने विश्वास व्यक्त गरे। उनले सरकारले सामाजिक विकासका योजना अघि सारेको बताए। इशानेश्वर महादेवको महिमाको प्रवद्धन हुन नसकेको भन्दै उनले ठोस योजना बनाएर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताए त्यसका लागि इशानेश्वर क्षेत्रको विकास र प्रवर्द्धनमाका लागि उचित योजना बनाएर आउन उनलेर्र् इशानेश्वर क्षेत्र विकास समितिलाई आग्रह गरे। मुख्यमन्त्री गुरुङले प्रदेशमा अध्यात्म पर्यटनको विकास गर्ने योजना रहेको, धार्मिक पर्यटनको विकास मार्फत स्थानीयबासीको आयआर्जन हुनुपर्नेमा जोड दिए।
गण्डकी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारीलेर्र् इशानेश्वर महादेवको महिमा अन्यत्र नरहेको बताउँदै यसको व्यवस्थापन गर्नुपर्ने बताए। मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले मुख्यमन्त्री गुरुङले देखेको समृद्धिको सपना सबै प्रदेशवासीको सपना भएको बताए। उनले प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्न नगरपालिका तयार रहेको भन्दै अब समृद्ध नगरपालिका र प्रदेश बनाउने गरी अघि बढ्ने बताए।
इशानेश्वर क्षेत्र विकास समिति अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीको अध्यक्षतामा भएको कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपमेयर राजकुमार श्रेष्ठ, क्होंलासोँथर गाउँपालिकाका उपप्रमुख कुमारीमुनी गुरुङ लगायत स्थानीय जनप्रतिनिधी र भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९