पोखरा, २९ साउन । नेत्र विक्रम चन्द नेपाल कम्युनिष्ट पार्टिे मंगलबार आहृवान गरेको नेपाल बन्दको कारण जनजीवन प्रभावित बन्यो । बन्दका कारण गण्डकी प्रदेशमा छिटपुट घटनाबारे कुनै अप्रिय घटना हुन पाएन ।
पोखरा तालचोकस्थित धर्मकाटा अगाडि पृथ्वी राजमार्ग सडकमा सर्वसाधारण तर्साने गरी बम राखिएकोमा सुरक्षाकर्मीले डिस्पोज गरेको छ । बिहान ११ बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरे पश्चात कालिभञ्ज्याङ गण, विजयपुरको बम डिस्पोजल टोलीले करिब १ घण्टामै सो शंकास्पद वस्तु पहिचान गरी डिस्पोज गरेको मेजर बलबहादुर थापाले बताए ।
बारुद बाहेक अधिकांश सकेट बममा प्रयोग हुने वस्तु प्रयोग गरी तर्साने गरी सडकमा भेटिएको शंकास्पद वस्तु होक्सबम भएको मेजर बताए। सोका कारण उक्त क्षेत्रमा स्थानीय त्रसित भएका थिए ।
विप्लव माओवादीको बन्दक्रममा यस्तो बम भेटिनु माओवादी कार्यर्कर्ताले नै गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि यसबारे अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।
यता, बन्दका कारण पोखरा क्षेत्रमा सवारीसाधन, स्कूल, कलेज, उद्योगधन्दा, व्यापार व्यवसाय बन्द रहे । लामो तथा छोटो दुरीका सवारी नचल्दा सर्वसाधारणले दुःख पाए । निजी सवारीसाधन भने सडकमा बाक्लै चलेको पाइन्थ्यो । बिहान पानी परेकोले पनि सडक सुनसान जस्तै थियो । अप्रिय घटना हुन नदिन नगरका चोकचोकमा सुरक्षाकर्मी तैनाथ थिए । बेलुका ५ बजेपछि भने सवारीसाधन पूर्व रुपमा संचालनमा आए ।
बन्दको प्रभाव बागलुङ बजारमा पनि परेको छ । बन्दले सदरमुकाममा रहेका सामुदायिक तथा निजी विद्यालय दिनभर बन्द भए । बागलुङबाट चल्ने लामो दुरीको छोटो दुरीको कुनै पनि सवारीसाधन चलेनन् ।सामान्य रूपमा मोटरसाइकल भने चलिका थिए ।
सवारीसाधन नचलेपछि टाढाटाढा गन्तव्यमा जाने यात्रु मर्कामा परेका छन्। बन्दकै कारण बैंक तथा बित्तिय संस्था समेत प्रभावित बनेको छ।
प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने ३ जनालाई ललितपुरमा पक्राउ गरेको छ। पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दले बताए।
जिल्लाका ४ स्थानमा प्रेसर कुकरमा नक्कली बम राखेको उनले बताए। बिहान ग्वार्को, ताल्छिखेल र बटुकभैरबमा नक्कली बम राखेको पाइएको थियो। दिउँसो कुपण्डोलमा नक्कली बम भेटियो ।
नेकपाका केन्द्रीय नेता खड्कबहादुर विश्वकर्मा लगायत आफ्नो नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा बन्द आहृवान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९