पोखरा, २९ साउन । दाह्री ग्याङ पोखराका सदस्यले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा २ सय १ युनिट रगत संकलन भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस सर्न्दर्भ पारेर आयोजित रक्तदान कार्यक्रममा दाह्री पाल्ने र सौखिन युवालाई युवतीले समेत साथ दिएका थिए । गत वर्ष झैं यसपटक पनि दाह्री ग्याङ पोखराले सोमबार बोलबमको अन्तिम दिन केदारेश्वर मन्दिरको मूलद्वार अघि सो कार्यक्रम गरेको हो ।
प्रमुख अतिथि इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले दाह्री पाल्ने र मन पराउने युवा एकताबद्ध भई वर्षेनी यस्तो कार्यक्रम गर्नु अत्यन्त प्रशंसायोग्य रहेको बताए ।
उनले पहिलो रक्तदाता नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्की अध्यक्ष तीर्थराज अवस्थीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । अवस्थीले ५४ औं पटक रक्तदान गरेका हुन् ।
कार्यक्रममा रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा, क्षेत्रीय रक्तसञ्चार सेवा, पोखराका अर्जुन ज्ञवाली लगायतले बोलेका थिए ।
कार्यक्रममा दृष्टिविहीन सम्राट गौतमले १३ औं पटक रक्तदान गरे भने कान्छो सक्रिय सदस्य आशिष पुरी १८ वर्ष पूरा भएपछि पहिलो पटक रक्तदान गरे ।
समूहका संयोजक वसन्त पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थापक संयोजक शेखर गौतमले गरेका थिए । कार्यक्रम सञ्चालन देउता पौडेल र विक्रम पाण्डेले संयक्त रुपमा गरेका थिए । कार्यक्रमलाई क्षेत्रीय रक्तसञ्चार र मूलथोक टोल बिकास संस्थाको सहयोग गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९