औषधि संघको रक्तदान

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७५
blood medical

पोखरा, २९ साउन । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ पोखरा इकाइले पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ ।

संघले ४९ औँ वाषिर्कोत्सव अवसरमा आयोजित कार्यक्रममा नेपाल मेडिकल एशोसियसन गण्डकी शाखाका अध्यक्ष डा निर्मल लामिछानेले पहिलो रक्तदाता संघका वरिष्ठ सदस्य कैलाश राइलाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।डा लामिछानेले रक्तदानले कसैको जीवन बचाउने हुँदा रक्तदान गर्न उपयुक्त व्यक्तिले रक्तदान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा औषधि बिक्री प्रवर्द्धक संगठनका गण्डकी प्रदेशका अध्यक्ष प्रमोद ढकाल, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ पोखरा इकाइका पूर्व अध्यक्ष रवि ताम्राकार, अर्जुन मरासिनी लगायतले बोलेका थिए । संघ पोखरा इकाइ अध्यक्ष नीरज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विक्रम केसी र सञ्चालन सचिव यादव सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता

      विजय नेपाल जेठ १, २०७९
      पोखरा, १ जेठ । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिंदा उपमेयरमा एमालेले अग्रता कायम राखेको छ । आइतबार…
    • अम्बिका भागवत् फाउन्डेसनको सहयोग

      आदर्श समाज सम्वाददाता वैशाख २६, २०७९
      पोखरा । अम्बिका भागवत् फाउन्डेसन पोखराको आयोजनामा पोखरा–३१, आनन्दज्योति माविमा विद्यार्थीलाई स्कुल ड्रेस र शैक्षिक सामग्री वितरण गरिएको छ ।…
    • गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा

      प्रकाश ढकाल वैशाख २६, २०७९
      पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बनेपछि कांग्रेसलाई देशैभरि फाइदा भएको बताएका छन् । देशभर सरकार गठन गठबन्धनका…
    • डिप्लोमा इन्जिनियर्समा अनिल

      आदर्श समाज सम्वाददाता वैशाख २४, २०७९
      पोखरा । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कास्कीले शुक्रबार ११ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अनिलप्रसाद आचार्यको…
    • ‘महानगरका पाँच वर्ष’ विमोचन

      आदर्श समाज सम्वाददाता वैशाख २३, २०७९
      पोखरा । पोखरा महानगर बनेपछि जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको ५ वर्ष पुग्नै लागेको छ । यस अवधिमा महानगरले गरेका नीतिगत निर्णय,…

    hero news full width