पोखरा, २७ साउन । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले जनतालाई खानेपानीको सही पहुँचको सुनिश्चितता गरेर त्यसबाट हुने आयले राष्ट्र निर्माण गर्न सकिने वताएकी छिन् ।
लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आइतबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री मगरले हिमालबाट बग्ने हिमनदिहरुको पानी (ग्लेसियर वाटर) विश्वमै उच्च गुणस्तरको पानी भएको र नेपालका हिमालबाट निस्कने ग्लेसियरको पानीलाई अन्तराष्ट्रिय वजारमा पुर्याउन सके प्रसस्त आयश्रोतको माध्यम बन्न सक्ने बताएकी हुन् ।
सरकारले खानेपानी जनताको मौलीक अधिकारको रुपमा व्यवस्था गरेको भएपनि खानेपानीको महशुल निर्धारण या छुटमा ध्यान पुर्याउन नसकेको तर सिंचाईमा सरकारले छुट दिने गरेको कारण एकरुपता नभएकोतर्फ आफ्नो ध्यानाकर्षण भएको बताइन् । मन्त्री मगरले आफूले यस विषयलाई छलफल गर्ने तयारीमा लागेको वताएकी थिइन् ।
कार्यक्रम गण्डकी प्रदेशका सांसद दिपक कोइरालाले खानेपानीसँग सम्बन्धित समस्याहरु हल गर्ने सम्बन्धमा प्रदेशको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कार्यालय प्रमुख इञ्जिनियर शिवप्रसाद अमात्यले संस्थाका गतिविधिहरुबारे जानकारी गराए । कार्यक्रममा सांसद गायत्री गुरुङ, पूर्व सांसद तेजकुमारी पौडेल, खानेपानी सुपरीवेक्षण कार्यालयका क्षेत्रीय निर्देशक रमाकान्त दवाडी, पोखरा ३० का वडाध्यक्ष श्रीराम पोख्रेललगायतले बोलेका थिए ।
उनीहरुले लेखनाथ साना सहरी अन्तरगत संचालित योजनालाई व्यवस्थित र प्रभावकारी तरिकाले संचालन गर्नका लागि सवैको साथ र सहयोग अपरिहार्य भएको सुझाव राखेका थिए । संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरि लामिछानेले धन्यवाद र सचिव मुरारी शर्माले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९