पोखरा, २७ साउन । गण्डकी प्रदेशका सामाजिक परिचालकहरुले पोखरा केन्द्रित आन्दोलन सुरु गरेका छन् । आफ्ना माग सम्बन्धित स्थानीय सरकारले नसुनेको भन्दै उनीहरु प्रदेशको ढोका घचघच्याउन आइपुगेका हुन् । आइतबार प्रदेशसभा नजिकै नदिपुरस्थित सडक छेकेर उनीहरुले नाराबाजीसहित प्रदर्शन गरे । गएको पुस १६ देखि जागिर खोसिएपछि निरन्तर आन्दोलन गरेर चैतपछि सरकारले असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो । नयाँ आर्थिक बर्ष सुरु भएपछि सरकारले श्रोत जुटाएर सामाजिक परिचालक नियुक्त गर्न स्थानीय सरकारलाई नै जिम्मा दिएको छ । तर स्थानीय सरकारले चाहीँ कर्मचारी आवश्यक नभएको भन्दै सामाजिक परिचालक राख्न मानेका छैनन् । ‘
‘नयाँ कर्मचारी नथप्ने भए ठीकै छ तर थप्ने हो भने हामीलाई मौका दिनुपर्छ, सामाजिक परिचालक संघ गण्डकीकी सचिव भावना श्रेष्ठ भन्छिन्, ‘हामीलाई लखेटेर अरु कर्मचारी भर्ना गर्दा राज्यलाई नै घाटा हुन्छ । हामीलाई सेवा गर्ने मौका दिइयोस् ।’
उनीहरुले एक पटकका लागि उमेर हद नतोकी आन्तरिक परीक्षामा प्रतिश्पर्धा गर्ने अवसर दिनुपर्ने माग राखेका छन् । ‘पूरै समय यही क्षेत्रमा खर्च भयो । अहिले निस्किदा अन्त जागिर पनि पाईंदैन,’ उनीहरु भन्छन्, ‘रोजगारी सिर्जना गर्ने नारा दिएर चुनाव जितेको सरकारले भएको रोजगार खोसेर विचल्ली बनायो ।’
माग सुनुवाई नभए आमरण अनसनसम्मका संघर्षका कार्यक्रम उनीहरुको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्तिका प्रदेश सांसद हरिशरण आचार्यले समाजिक परिचालकको माग जायज भएको भन्दै माग सम्बोधन गर्ने बिषयमा आफूहरु सकारात्मक रहेको बताए ।
‘तपाईंहरु राज्यलाई चाहिन्छ । त्यो राज्यले बुझोस्,’ उनले भने, ‘माग सुनुवाई नभएसम्म तपाईंहरुको आन्दोलनमा नयाँ शक्तिको पनि ऐक्यवद्धता छ । सम्बन्धित निकायमा घचघच्याउने छु ।’
जनमोर्चाकी सांसद पियारी थापाले संसद बैठकमै सामाजिक परिचालकको माग गम्भीर भएर सम्बोधन गर्नुपर्ने माग राखेकी थिइन् । सामाजिक परिचालकहरुले सोमबार मुख्यमन्त्रीको कार्यालय परिसरमा धर्ना कार्यक्रम गर्ने बताएका छन् ।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९