हेमजा, २७ साउन । अन्नपूर्ण गाउँपालिका-३, पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयले आफ्नो हिरक जयन्तीको अवसर पारी शनिवार विद्यालय हातादेखि स्थानीय पत्थरसम्मको गोरेटो बाटो सरसफाई गरेको छ ।
महिला परिचालन उपसमितिको आयोजनामा करिब डेढ किलोमिटर उक्त बाटो सरसफाई गरिएको हो । सरसफाईमा स्थानीय महिला, समाजसेवीलगायतको उल्लेख्य सहभागिता रहेको महिला परिचालन उपसमितिकी संयोजक एवं वडासदस्य कमला केसीले जानकारी दिइन् ।
यसैबीच हिरक जयन्ती अन्तगत गरिने प्रभातफेरी तथा उद्घाटन कार्यक्रमलाई लक्षित गरी शनिवार विद्यालयमा सचिवालयको बृहद बैठक सम्पन्न भएको छ । उक्त बैठकले जयन्तीमा सबै सरोकारवालालाई समेट्नुपर्ने निष्कर्ष निकालेको छ ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष पुण्यप्रसाद पौडेल, वर्तमान अध्यक्ष तथा मूल समारोह समितिका अध्यक्ष भेषराज पौडेल, प्रधानाध्यापक महेन्द्रबहादुर कुँवर, पुर्व विद्यार्थी सुरज पौडेल, सोमनाथ पौडेल, महेश्वर पौडेल, लोकनाथ पौडेललगायतले कार्यक्रमको प्रभावकारिताबारे आ-आफ्ना भनाई राखेका थिए ।
हिरक जयन्ती मूल समारोह समितिका अध्यक्ष भेषराज पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको संचालन प्रधानाध्यापक महेन्द्रबहादुर कुँवरले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९