पोखरा, २७ साउन ।नेपाल अर्वुदरोग निवारण संस्था, पोखरा महानगरपालिका वडा नं.३ र कन्या क्याम्पस नदीपुरको संयुक्त आयोजनामा कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुको लागि एकदिने क्यान्सर सचेतना कार्यक्रम गरिएको छ ।
कार्यक्रममा कन्या क्याम्पस नदीपुरमा अध्ययनरत १५० जना छात्राहरुको सहभागिता रहेको नेपाल अर्वुदरोग निवारण संस्थाका जनसर्म्पर्क अधिकृत डिल्लीप्रसाद शर्माले बताए ।
प्रमुख प्रशिक्षक नेपाल अर्वुदरोग निवारण संस्थाका सचिव नारायण पराजुलीले बिभिन्न कार्टुु चित्रहरुको माध्यमबाट तथ्यपूर्ण घटनाहरु बताउँदै स्तनक्यान्सर र पाठेघरको मुखको क्यान्सर र यसको रोकथाम, तथा उपचारसम्बन्धी जानाकारी गराएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.३ का वडा अध्यक्ष रविन्सन प्रजु, नेपाल अर्वुदरोग निवारण संस्थाका केन्द्रीय सदस्य दिनेशशंकर पालिखे, संस्थाका पूर्व अध्यक्ष माधवप्रसाद सिग्देल, कन्या क्याम्पस छात्रा कल्याण समितिका संयोजक जुली बर्णल, कन्या क्याम्पसका प्राध्यापक संघका अध्यक्ष इन्द्रकमल मानन्धरलगायतले क्यान्सर रोग र यसको रोकथामवारे बोलेका थिए ।
नेपाल अर्वुदरोग निवारण संस्था कास्की शाखाका सभापति रामचन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले स्वागत र संस्थाका सचिव नारायण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९