पोखरा, २७ साउन । मनसुन कप पोखरा भेट्रान ओपन टेनिस प्रतियोगिताको उपाधि विकास गुरुङ र धरमबहादुर लामिछानेको जोडीले जितेको छ। कास्की जिल्ला टेनिस संघले आयोजना गरेको सो प्रतियोगिताको शनिबार भएको फाइनलमा लोक गुरुङ र राजन पौडेलको जोडीलाई ६-२, ६-४ को सोझो सेटमा पराजित गर्दै सो जोडीले उपाधि जितेको हो ।प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीले ट्रफी प्रमाणपत्र पुरस्कार प्राप्त गरे।
संघका सल्लाहकार समीर शेरचन, वसन्त प्रधान, डाँडाकोनाक प्रहरी चौकीका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुवरसिंह खड्का लगायतले पुरस्कार वितरण गरेका थिए। संघका सदस्य नवीन चालिसेले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष राजु गुरुङले धन्यवाद ज्ञापन गरे। १८ जोडीले भाग लिएको प्रतियोगिता ५ दिनसम्म पोखरा रंगशालामा चलेको थियो ।
Related News
सम्बन्धित समाचार
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
सहारा एकेडेमीलाई सहयोग
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
कुलपति रनिङ सिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
कुलपति रनिङ सिल्डः सेमिफाइनल समिकरण पूरा
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
माघ १२, २०७९