हेमजा, २७ साउन । यस वर्ष ढिकुरपोखरीमा हुन लागेको हरितालिका तीजमेलालाई अन्नपूर्ण गाउँपालिकाले सघाउने भएको छ । तीज मेला मुल आयोजक समिति तथा गाउँपालिकाका प्रतिनिधि बीच भएको छलफलले उक्त मेला गाउँपालिकाकै इज्यत भएको ठहर गर्दै त्यसमा गाउँपालिका कार्यालयले उचित सहयोग गर्ने निष्कर्ष निकालेको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले मेलामा गाउँपालिकाले खुलेर सहयोग गर्ने भनाई राख्दै आर्थिक रुपमा के कति सहयोग गर्ने भन्ने बारेमा चाँडै नै गाउँ कार्यपालिकामा छलफल चलाउने प्रतिबद्घता व्यक्त गरे ।
मेलाका अवला कृषिको व्यवसायिकताका लागि पनि गाउँपालिका सहयोग गर्न तयार रहेको अध्यक्ष कुँवरको भनाई थियो । कुँवरले अन्य निकायको सहयोगमा गाउँपालिका क्षेत्रमा फुटवल एकेडेमी संचालन गर्ने सोचमा पनि आफुहरु रहेको स्पष्ट पारेका छन ।
ढिकुरपोखरी युवा संजालका अध्यक्ष शुसिल भट्टचनले मेलाको समग्र अवस्थाबारे जानकारी गराएका थिए । उनले विगतका भन्दा यसवर्षको तीजमेलालाई विशेष बनाउन लागिएको भन्दै त्यसमा खुलेर सहयोग गर्न गाउँपालिका अध्यक्ष कुँवरसमक्ष आग्रह गरे ।
मेला संयोजक विकास गुरुङले मेला अन्तगत खुल्ला नकआउट फुटवल प्रतियोगिता, तीजगीत, ठेलो तथा रस्साकसी लगायत विविध सांस्कृतिक कार्यक्रमहरु गर्न लागिएको अवगत गराउँदै मेला संचालानार्थ रु. १२ लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको भनाई राखे ।
मिडिया परिचालन उपसमिति संयोजक श्रीभद्र पौडेलले मेलाको ऐतिहासिक महत्व रहेको छ भन्दै मेलालाई गाउँपालिकाले खुलेर सहयोग गर्नुपर्ने तथा मेलाले पनि गाउँपालिका सबै वडालाई समेट्नुपर्ने तर्क गरे ।
वडा नं. १ का अध्यक्ष भरतजंग कुँवरले मेलामा सक्दो सहयोग रहने जनाए । त्यस्तै माछापुच्छे्र माविका प्रधानाध्यापक घनस्याम पौडेलले विद्यालयको पठनपाठनलाई कम नोक्सान पर्ने गरी मेला संचालन गर्न सुझाव दिए । सो अवसरमा विभिन्न उपसमितिका बारेमा प्राथमिक उपचार समितिका संयोजक भोलानाथ पौडेलले चर्चा गरेका थिए ।
मेला आगामि भदौ २३ गतेदेखि २८ गतेसम्म स्थानीय माछापुच्छे्र माविको खेल मैदानमा हुँदैछ । उक्त मेलाको लामो इतिहास पनि छ । मेला संयोजक विकास गुरुङको अध्यक्षतामा भएको उक्त अन्तक्रिया कार्यक्रम प्राथमिक उपचार समितिका संयोजक पौडेलले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९