पोखरा, २६ साउन। राप्रपा अध्यक्ष कमल थापाले राजसंस्था सहितको लोकतन्त्रको आवश्यकता औंल्याएका छन्। नेपालको भूराजनीतिक अवस्था एवं नेपालको धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशको पृष्ठभूमिमा राजसंस्थासहितको लोकतन्त्र पार्टीले अडान हालसम्म यथावत् नै रहेको उनको जिकिर छ।
‘नेपाली जनताले प्रत्यक्ष मत हालेर राजसंस्था हटाइएको होइन, कुनै क्रान्तिद्वारा राजसंस्था हटेको पनि होइन,’ पोखरामा मिडिया नेपालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले भने, ‘२०६२/०६३ को आन्दोलनको अन्त्य गर्नेक्रममा दरबार र आन्दोलनकारी शक्तिबीच जुन सहमति थियो, सो सहमति एकपक्षीय रुपमा तोडेर षड्यन्त्रपूर्ण ढंगले राजसंस्थालाई पाखा लगाउने काम गरियो।’
संविधान पारित गर्नेक्रममा राप्रपाको २५ जना सांसदले विपक्षमा भोट गरेको स्मरण गराए। उनले संविधान पारित भइसकेपछि प्रजातान्त्रिक आदर्श र जनताको सर्वोच्चताप्रति प्रतिबद्ध रहेर संविधानलाई आलोचनात्मक सहयोग गरेको बताए।
‘नयाँ संविधानमा फरक विचार बोकेर हिँड्न पाउने स्वतन्त्रता दिएका कारण अधिकारको प्रयोग गरेर आफ्नो एजेण्डा प्रयोग गर्ने रणनीति अवलम्बन गरेका छौं,’ उनले थपे, ‘संविधानलाई हामीले उत्कृष्ट मानेका छैनौं। हाम्रा मूलभूत मान्यता यस संविधानमा स्थापित छैनन तर संविधानमा विश्वका प्रचलित मूल्य-मान्यता र आदर्श स्थापित भएको छ।’
थापाले संविधानले विचार स्वतन्त्रताको ग्यारेन्टी गरेको औंल्याए। हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेर हिँड्न पाउने स्वतन्त्रता संविधानले सुनिश्चित गरेको उनको भनाइ थियो। थापाले फरक विचार बोकेकै आधारमा पार्टीई प्रतिबन्ध लगाउन नपाउने सुनिश्चितता संविधानले प्रत्याभूत गरेको प्रष्ट पारे।
समानुपातिक र समावेशिताको दृष्टिले संविधान प्रगतिशील र अग्रगामी रहेको दाबी गरे। सरकारमा हुँदा होस या बाहिर हुँदा पार्टी संविधानलाई प्रजातान्त्रिक, प्रगतिशील र अग्रगामी मान्दै आएको थापाको जिकिर थियो। आफ्नो एजेण्डालाई स्थापित गर्न पार्टीनरन्तर लाग्ने थापाले प्रतिबद्धता जनाए।
उनले समान विचारधारा बोकेका राजनीतिक दलसँग एकता र सहकार्य गर्ने पार्टी नीति अवलम्बन गरेको बताए। पशुपतिशम्शेर राणाको पार्टी जिम्मेवार व्यक्तिहरुले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रबारे विपक्षमा अभिमत दिएका कारण तत्काल एकता नहुने स्पष्ट पारे ।
थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र आवश्यक रहेको चर्चा गरे। देशमा धर्म परिवर्तन र बाहिरी चलखेल र प्रभाव तीव्र रुपले बढेर गएकोमा थापाले चिन्ता व्यक्त गरे।
उनले पुससम्म ७ सय ५३ वटै स्थानीय तहका वडामा पार्टीकाइको संगठन विस्तार, पुनगर्ठन लगायत कार्यक्रम गर्ने बताए। पार्टी हिन्दू राष्ट्र जनजागरण अभियानलाई संचालन गर्ने निर्णयगरेको पनि बताए । यस्तै फागुन ७ बाट हिन्दू राष्ट्र पुनर्स्थापना लगायत एजेण्डा लिएर जनसंघर्षको तयारी गरिरहेको थापाले सुनाए।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९