पोखरा, २६ साउन । सर्द्धम सभाको २८ औं तथा धर्म संघ बुद्ध विहारको ६३ औं वाषिर्कोत्सवमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । प्रमुख अतिथि डा कविन्द्र बज्राचार्यले शनिबार वाषिर्कोत्सव समारोह उद्घाटन गर्नुका साथै उनीहरुलाई सम्मान गरे ।
ज्येष्ठ सदस्य सूर्यमाया बज्राचार्य र कर्णखर बज्राचार्यलाई डा बज्राचार्यले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन्। एसर्इइमा सर्वोत्कृष्ट अंक ल्याउने मञ्जुलराज शाक्य र कृपा बज्राचार्यलाई ३ हजारसहित सर्द्धम सभा प्रतिभा पुरस्कार प्रदान गरियो । एसर्इइमै उत्तीर्ण आयाम शाक्य, दीया शाक्य, ब्रोशिल बज्राचार्य, शायश बुद्धाचार्य, रोशनिका बुद्धाचार्य र शिरीष बज्राचार्यलाई प्रमाणपत्र दिइयो ।
त्यसैगरी, दश जोड दुर्इ उत्तीर्ण रोजित गुभाजू, हिमांशु शाक्य, प्रतिष्ठा बुद्धाचार्य र दुष्टि बज्राचार्यलाई सम्मान गरिएको थियो। स्नातक तह उत्तीर्ण अनुजा बज्राचार्य, दीपेशमान शाक्य, असिम बज्राचार्य, श्रीया बुद्धाचार्य, अरविन शाक्य र शुमेधमान बुद्धाचार्य तथा स्नातकोत्तर तह उत्तीर्ण सुमना बज्राचार्य, तुफानमान शाक्य, आशा बुद्धाचार्य र सक्षममान बुद्धाचार्यलाई सम्मान गरिएको थियो। नेपाल संवत् ११३८ मा मिस नेवाः बन्न सफल प्रीति बुद्धाचार्यलाई मायाको चिनो प्रदान गरियो ।
त्यस्तै, सर्द्धम सभा दोस्रो डबल्स ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई समेत सम्मान गरिएको कार्यक्रम संयोजक इश्वरमान शाक्यले बताए।
कार्यक्रममा संस्थालाई सहयोग गर्ने योगेन्द्र बज्राचार्य र मोहन शाक्यलाई सम्मानित भए । निवर्तमान सचिव अशोककुमार शाक्यका अनुसार पूजाविधि प्रशिक्षणका वरिष्ठ प्रशिक्षक गुरु नेमरत्न शाक्य, अन्तुमान गुभाजू, भुवनराज बज्राचार्य, आशाकाजी बज्राचार्य र मानराज गुभाजूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा श्रद्धेय बौद्ध गुरु मीन लामा, धर्मशिला बुद्ध विहार दायकसभा अध्यक्ष कृष्णमान गुभाजू र पूर्व अध्यक्ष मोतीमान शाक्य लगायतले बोले । सभा तथा संघका निवर्तमान अध्यक्ष भरतराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इश्वरमान शाक्यले स्वागत र सचिव अशोककुमार शाक्यले संचालन गरेका थिए।
सो अवसरमा सर्द्धम सभा तथा संघका नयाँ कार्यसमितिको पदस्थापन गराइयो ।
Related News
सम्बन्धित समाचार
पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन
सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा
अनुगमनमा ३ पसललाई कारबाही
भूपू सैनिक सहकारीको सभा
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
असाेज १३, २०८०सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०