पोखरा २६ साउन। पोखरा ११, फूलबारीस्थित भानुमार्ग (क) आमा समूहले आफ्नो पाँचौ वाषिर्क साधारण सभाको उद्घाटन समारोहमा वृद्धाहरुको सम्मान गरेको छ।
समारोहका प्रमुख अतिथि सांसद मीना गुरुङले दोसल्ला ओढाएर उनीहरुको सम्मान गरेकी थिइन्। आफ्नैतर्फबाट दोसल्ला प्रदान गरेकी सांसद मीनाले आमाहरुप्रतिको कर्त्तव्य भुल्न नहुने बताइन्। ‘आमाहरुको सम्मान गर्ने अवसर जुटाइदिएकोमा धन्यवाद ज्ञापन गर्दै उनले भनिन्- ‘अब नेपाली महिला अरुको सहारामा होइन आफ्नै आयआर्जनमा बाँच्नु पर्दछ।’ साथै उनले महिलाहरुले रातोदिन गरेको श्रमशक्तिको मूल्य हुनुपर्नेमा जोड दिइन्।
सोही समारोहमा आमा समूहले समूहका उत्कृष्ट सदस्य सहित सहयोगीदाताहरुलाई पनि सम्मान गरेको थियो। सम्मानित हुनेमा सांसद मीना गुरुङ, सदस्यहरु जयसुबा गुरुङ, शिवकुमारी गुरुङ, राधिका पोखरेल, सहयोगी रक्षबहादुर गुरुङ, नरकाजी गुरुङ, नवीन गुरुङ, लेखनाथ पौडेल, भीमबहादुर गुरुङ, संगीता गुरुङ रहेका छन्।
कार्यक्रममा समूहका सल्लाहकार बलराम पोखरेल, रामचौतारी आमा समूहका अध्यक्ष मुगादेवी बास्तोला, सहयोगी नरकाजी गुरुङले शुभकामना मन्तव्य राखेका थिए।
समूहकी अध्यक्ष मीठुमाया गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष इन्दिरा पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रम सञ्चालन संस्थापक सचिव गीता क्षेत्रीले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९