मदरल्यान्डमा शिक्षक-अभिभावक अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७५
motherland

पोखरा, २६ साउन । मदरल्यान्ड माध्यमिक विद्यालयले शनिबार शिक्षक-अभिभावक अन्तरक्रिया गरेको छ। सार्थक तथा उपलब्धिमूलक शिक्षण सिकाइमा शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धलाई मध्यनजर गर्दै सो कार्यक्रम गरिएको जनाइएको छ ।

कक्षा २, ५ र ७ का कक्षा शिक्षक र अभिभावकबीच गरिएको कार्यक्रममा सोही कक्षामा अध्ययन गर्ने बाबुनानीहरूका सम्पूण्ा अभिभावकको उपस्थिति थियो।

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि घर र विद्यालयको वातावरण सिकाइ अनुकूल हुनुपर्ने तथा समयसापेक्ष शिक्षा र व्यक्तित्व विकासमा जोड दिइएको कार्यक्रममा उपस्थित अभिभावकहरूले आफ्ना बाबुनानीहरूको समयानुकूल व्यावहारिक शैक्षिक विकासमा विद्यालय र शिक्षक शिक्षिकाले खेलेको भूमिकाको सराहना गर्दै आवश्यक सरसल्लाह तथा रचनात्मक एवं सकारात्मक सुझावहरू दिनुभएको थियो।

अहिलेको समय घोकन्ते, प्रमाणपत्र र सिद्धान्तकेन्द्रितभन्दा प्रयोगात्मक, व्यवहारिक र असल आचरणयुक्त शिक्षाको समय भएको कार्यक्रममा बताइएको छ।

सम्बन्धित कक्षाशिक्षकले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, एकेडेमिक डीन प्रेमनारायण पोखरेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

hero news full width