पोखरा, २६ साउन। रोटरी क्लब अफ पोखरा लेकसाइडले क्लब सदस्यलाई रोटरीका विविध विषयबारे शनिबार तालिम दिएको छ।
क्लब मेर्म्बर्स टे्रनिङ सेमिनार (कट्स) नामक सो तालिममा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का असिष्टेन्ट गभर्नर रव्रि्रसाद बराल, रोटरीका असिस्टेन्ट गभर्नर डिल्लीप्रसाद शर्मा, क्लब सल्लाहकार विनोद कोइराला, रोटरी मिडटाउनका पूर्व अध्यक्ष श्रीमान गुरुङ, क्लब मेन्टर राजेन्द्र लिगलले प्रशिक्षण दिएका हुन्।
असिष्टेन्ट गभर्नर बरालले क्लब सदस्यता, सामाजिक सेवाका योजना, रोटरी फाउण्डेसन लगायत विषयमा जानकारी दिए।
अर्का असिस्टेन्ट गभर्नर शर्माले क्लब बोर्ड, स्टाडिङ् कमिटी, मिटिङ र नियम कानूनबारे प्रशिक्षण दिए।
क्लब सल्लाहकार कोइरालाले रोटरीबारे चिनारी दिँदै यसको सदस्यता, क्लबको सामाजिक क्षेत्रमा योगदानबारेे बोलेका थिए।
रोटरी मिडटाउनका पूर्व अध्यक्ष गुरुङले क्लबको प्रशासनिक कमिटीबारे जानकारी दिए भने क्लब मेन्टर लिगलले रोटरी पोखरा लेकसाइडको सर्भिस प्रोजेक्ट र निर्माण प्रक्रियामा रहेको किड्नी केयर सेन्टरबारे बताए। क्लब अध्यक्ष जयराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लब टे्रनर मोहनसिंह खड्काले सहजीकरण गरेको सचिव डिल्लीश्वर दाहालले जानकारी दिए। सुन्दरकुमार श्रेष्ठ चार्टर प्रेसिडेनट रहेको क्लबमा ५३ सदस्य छन्।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९