पोखरा, २६ साउन। वडास्तरीय अपाङ्गता सरोकार समिति पोखरा-८ ले वडाभित्रका अपाङ्गता भएका पाँच जनालाई बीउँ पुँजी वितरण गरेको छ।
श्रीराम आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा समितिले कृष्ण कुँवर, कृष्ण थापा, सरिता सुवेदीलाई जनही १० हजार र मङ्गलसिंह गुरुङ र जीवन गिरीलाई ५ हजार ५ सय रुपैयाँ सहित जोख्ने मेशिन हस्तान्तरण गरेको हो। उनीहरुको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको बताइएको छ।
गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, वडाध्यक्ष रुद्रनाथ बराल, सदस्य कृष्णमान ठुसाजु र पुष्पराज सिग्देल लगायतले वितरण गरेका थिए। कार्यक्रममा वडाभित्रका अपाङ्गता भएकाहरुको सहयोगका लागि स्थापना गर्न लागिएको अक्षयकोषमा ७७ हजार १ सय रुपैयाँ संकलन भएको छ।
अक्षयकोषका लागि सांसद थापाले २० हजार, कृष्ण ठुसाजु, रोजिना जोशी, पुष्पराज सिग्देल र कृष्णबहादुर कुँवरले जनही १० हजार, सिविआरएस संस्था र श्रवणलाल जोशीले जनही हजार रुपैयाँ प्रदान गरेका छन्।
त्यस्तै, विष्णु सिग्देल, सरिता सुवेदी, जीवन गिरी, मंगलसिंह गुरुङ र कृष्ण थापाले जनही २ हजार र लक्ष्मी कौशलले १ हजार १ सय रुपैयाँ प्रदान गरेका छन्।
कार्यक्रममा वडासदस्य कृष्णमान ठुसाजुले वडाबाट पाउने पारिश्रमिकबाट वर्षेनी १० हजार रुपैयाँ अक्षयकोषका लागि उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गरे।
कार्यक्रममा सांसद थापाले अपाङ्गता भएकाहरुलाई सहायक सामग्री लगायत आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गरे। उनले अपाङ्गताका सवाललाई प्रदेशसभामा उठाउने उल्लेख गरे।
त्यस अवसरमा वडाध्यक्ष रुद्रनाथ बराल, वडासदस्य लक्ष्मी कौशल, पुष्पराज सिग्देल, सरोकार समितिका संस्थापक अध्यक्ष विष्णु सिग्देल, टोल विकास समन्वय समितिका अध्यक्ष शारदा गिरी, नेपाली काँग्रेस पोखरा-८ का सभापति सुभाष सिग्देल, जनप्रिय टोल विकास संस्थाका अध्यक्ष श्रवणलाल जोशी, नेपाल रेडक्रस सोसाइटी कास्कीकी शर्मिला धमला र सिबिआरएस प्रतिनिधि गोविन्द पौडेलले बोलेका थिए।
संस्था सभापति प्रमिला श्रेष्ठ जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सरिता सुवेदीले स्वागत र सल्लाहकार शंकर बास्तोलाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९