हेमजा, २६ साउन। वडास्तरीय महिला सञ्जाल, हेमजाको अध्यक्षमा रमा त्रिपाठी चयन भएकी छन्।
शनिबार भएको महिलाहरुको भेलाले त्रिपाठीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा धनादेवी तिमिल्सिना, सचिवमा पवित्रादेवी क्षेत्री, कोषाध्यक्षमा सोचना केसी तथा सहसचिवमा सीता कार्की चयन भए।
त्यस्तै खरिका अधिकारी, लक्ष्मी जिसी, धनादेवी सापकोटा,र्र् इश्वरी गायक, सीता थापा गुरुङ र सुनिता नेपाली सदस्य छन्। वडाध्यक्ष शोभाकर तिम्सिनाले महिला र पुरुष दुवै सक्षम भएमात्रै देश विकास हुने औँल्याउँदै महिलाहरु चुल्होचौकोबाट मुक्त हुनुपर्नेमा जोड दिए। त्यस अवसरमा नगर महिला समन्वय समिति अध्यक्ष पवित्रा गुरुङ, वडासचिव इश्वरीप्रसाद बास्तोला, समाजसेवी धर्मराज बास्तोला, नेकपा नेता घनश्याम तिमिल्सिना, नेपाली काँग्रेस वडा संयोजक मधुसुदन त्रिपाठी, संचारकर्मी परशुराम अधिकारी, सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष कृष्ण कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए।
महिला संजाल साविक पोखरा २९ र २७ का अध्यक्ष विष्णु बास्तोला तथा सीता पौडेलको संयुक्त अध्यक्षतामा संचालित उक्त कार्यक्रममा महिला संजाल साविक पोखरा २७ की सचिव लक्ष्मी तिमिल्सिनाले स्वागत र महिला संजाल साविक पोखरा २९ की सचिव रमा त्रिपाठीले कार्यक्रम संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९