लमजुङ, २३ साउन। लमजुङको एकमात्र सरकारीस्तरको लमजुङ क्याम्पसको मस्र्याङ्दी छात्राबासका छात्रा पानी परेको रात रातभर जाग्राम बस्न बाध्य छन् ।
छात्राबासको भवन जीर्ण भइबसेको र कोठाभित्रै पानीको धारा छुट्ने गरेका कारण उनीहरु जाग्राम बस्न बाध्य भएका हुन्।
पानी परेको रातमा आफूहरू बस्ने गरेको कोठाभित्रै छतबाट पानी चुहिएर धारा छुट्ने गरेका कारण रातभर बाल्टी र बाटामा पानी थापेर बस्ने गरेको छात्रा अनिसा श्रेष्ठले बताइन्। उनले भसिन्, ‘कतिबेला ती भाँडा भरिन्छन् र पानी फ्ँयाक्नुपर्ने हो भन्दै चिन्ताले सताउने हुँदा जाग्राम बस्ने गरेका छौँ। नत्र त विस्तरा, किताबकापी, कपडा सबै भिज्ने गर्दछन्।
उनीहरू सबै उक्त क्याम्पसको पाँचौँ सेमिस्टरका विद्यार्थी भएको सो क्याम्पसका प्रमुख विष्णुविलाश अधिकारीले जानकारी दिए। उनका अनुसार उनीहरूले आठौँ सेमिष्टर पूरा गरेपछि मात्र क्याम्पस अर्थात उक्त छात्राबासबाट छुट्टी पाउँछन्।
कुल ३६ जनाको क्षमता रहेको उक्त छात्राबासको भवन जीर्ण भएका कारण छात्राबास भवनका सबै कोठाको हालत उस्तै रहेको अर्का छात्रा सिर्जना पौडेलले बताइन्। उनका अनुसार सबै कोठामा साथीहरू २ जनाका दरले बस्छौँ र रातको समयमा पानी पर्दा आलोपालो सुत्ने गछौर्ँ।
उक्त छात्राबास भवन २०४६ सालमा निर्माण भएको क्याम्पस प्रमुख अधिकारीले जानकारी दिए। उनका अनुसार ३० वर्ष भयो भवन बनेको धन्न धानेको छ।
छात्रावासको वस्तुस्थितिबारे आफूले पटक पटक माथिल्लो तहमा अवगत गराएको तर केही प्रगति हुन नसकेको उनले गुनासो गरे ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९