लेखनाथ, २३ साउन। लेखनाथ जेसीजले विगतका वर्ष झै यस वर्ष पनि जेसीज सप्ताहन्त कार्यक्रम गर्ने भएको छ। ‘परिवर्तनका लागि युवा’ भन्ने प्रकरणका साथ साउन २४ देखि २६ गतेसम्म जेसीज सप्ताहन्त गर्ने वुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, उद्यमशिलताको विकाससँगै समाजमा सक्रिय नागरिकहरुको भूमिका निर्वाह गर्न जेसीआईको ध्येय र लक्ष्य प्राप्तिका लागि लेखनाथ जेसीजले आफ्ना सदस्यको विकास र सवल नेतृत्व प्रदान गर्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष शालिकराम ओझाले बताए। पहिलो दिन श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाआश्रम सहेलेपाखामा जेसिज सप्ताहन्तको उद्घाटन एवं वृद्धवृद्धा सम्मान तथा निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ।
दोस्रो दिन लेखनाथ पव्लिक एकेडेमीमा विद्यालयस्तरीय नेपाली हिज्जे प्रतियोगिता हुनेछ भने तेस्रो दिन सेयरबजार आधारभूत तालिमसँगै सम्मान, पुरस्कार वितरण र समापन गरिने मूल संयोजक सन्तोष गुरुङले जानकारी दिए। कार्यक्रम सफल र सभ्य बनाउन सबैको सहभागिता अपरिहार्य रहेको मूल संयोजक कमल गौतमले बताए।
लेखनाथ जेसिजका अध्यक्ष शालिकराम ओझाको अध्यक्षतामा भएको कार्यक्रम संयोजक चिरञ्जीवी न्यौपानेले स्वागत मन्तव्य र निर्वतमान अध्यक्ष सन्दीप ढुंगानाले धन्यवाद ज्ञापन राखेका थिए भने कार्यक्रम संचालन महासचिव रोशन अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
७४ युनिट रगत संकलन
पोखरा वडा ७ मा पदस्थापना
दर्शन लामाले बाँडे पोशाक
अपांगता भएका र गरिब विद्यार्थीलाई प्रोत्साहन भत्ता
सुत्केरीलाई पोषण भत्ता दिइने
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
जेठ १४, २०७९गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९