महिला नेतृत्व आवश्यक : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७५

पोखरा, २३ साउन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचारमुक्त समाजका लागि महिलाको नेतृत्व आवश्यक भएको बताएका छन्। उनले सत्तामा पुगेका महिलालाई पुराना कार्यपद्दति परिवर्तन गरी पारदर्शी, उत्तरदायी शासन व्यवस्थाको उदाहरण बन्न आग्रह समेत गरे ।

संचारिका समूह नेपालले गण्डकी प्रदेशका महिला जनप्रतिनिधि नेतृहरुका लागि पोखरामा बुधबार आयोजना गरेको ‘स्थानीय सरकारमा महिलाः संचारमाध्यमसँगको सहकार्य’ विषयक दुर्इदिने कार्यशाला गोष्ठी उद्घाटन गर्दै मुख्यमन्त्रीले सो कुरा बताएका हुन् ।

उनले महिला प्रायः व्यवस्थापकीय कार्यमा निपूर्ण रहेको आफूले देखेको बताउँदै नेपालजस्ता विकासोन्मुख देशका लागि महिलाको नेतृत्व अति आवश्यक रहेको बताए ।

जति पनि विकास भएका देशहरु छन् त्यहाँ हरेक संयन्त्रमा महिलाको अर्थपूर्ण सहभागिता रहेको र २१ औं शताब्दीसम्म पनि अविकसित नै रहेका भनिएका देशका शासन संयन्त्रहरुमा महिला सहभागिता नगन्य रहेको उदाहरण दिंदै उनले भने, ‘महिला सत्तामा पुगेपछि पुरुषवादी समाजलाई चुनौती दिने गरी काम गर्नुपर्छ, यसका लागि तर्कपूर्ण कुराले जित्नसक्नु पर्छ।’

गण्डकी प्रदेशका महिलालाई विकासको मूलधारमा ल्याउन ट्रेनिङ एकेडेमी नै संचालन गर्ने प्रदेश सरकारको योजना रहेको पनि उनले सुनाए ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले स्थानीय महिलालाई अधिकार उपभोग गर्न सक्षम बनाउन आफ्नो  मुख्य कर्त्तव्य सम्झेर महिला जनप्रतिनिधिले कार्यसम्पादन गर्नुपर्ने बताइन्।

प्रदेश सांसद राजीव पहारीले महिला विकासको विषयमा अझै पनि थुप्रै बाधा-व्यवधान रहेको जनाउँदै अधिकार र उपलब्ध स्रोतसाधनबीच तालमेल नहुँदा समस्या आएको बताए।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले महिलाको नेतृत्वमा हरेक नगरपालिका र गाउँपालिकामा स्थापना न्यायिक समितिले पनि कार्यपद्दति रुपान्तरण गर्न ठूलो भूमिका खेल्ने बताउँदै यो समितिलाई बलियो र अधिकारसम्पन्न बनाउन महानगरपालिकाले पहल गरिरहेको बताए।

कार्यक्रममा महानगरका उपमेयर मञ्जुदेवी गुरुङ, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले महिलाको अर्थपूर्ण सहभागिताका लागि उपयुक्त स्रोतसाधन हुनुपर्ने बताए।

संचारिका समूह नेपालकी केन्द्रिय अध्यक्ष निर्मला शर्माले महिलाको नेतृत्वमा गठन भएका न्यायिक समितिले अझैसम्म उपयुक्त स्रोतसाधन नपाएको भन्दै महिला जनप्रतिनिधि नेतृहरुलाई स्वतन्त्र अस्तित्व दिन प्रदेश सरकार अग्रसर हुनुपर्ने बताइन्। हरेक प्रदेश सरकारले महिलाका विषयमा गरेको विशेष निर्णय सुन्न हरेक सरोकारवाला आतुर रहेको उनले बताइन् ।

कार्यशालामा अधिवक्ता सविन श्रेष्ठ, संचारिका समूह नेपालकी कार्यक्रम संयोजक लक्ष्मी न्यौपाने लगायतले सहजीकरण गरेका छन्। उद्घाटन सत्रमा संचारिका समूह पश्चिमाञ्चल अध्यक्ष जमुना वर्षा शर्माले स्वागत मन्तव्य र उपाध्यक्ष विमला भण्डारीले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाको प्रतिनिधित्व हुने गरि नगरपालिका, गाउँपालिका, तथा वडाका मेयर, उपमेयर, उपाध्यक्ष तथा अध्यक्ष महिलाहरुको सहभागिता रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width