पोखरा, २२ साउन । पोखरा, २२ साउन । गण्डकी प्रदेशका पत्रकारहरुलाई संसदीय रिपोर्टिङबारे अभिमुखीकरण दिइएको छ । संसदीय मामिला पत्रकार समाजको आयोजना र युएनडिपीको सहयोगमा प्रदेशसभामा संसद्सम्बन्धी रिपोर्टिङ गरिरहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संसद्भित्र पत्रकारको महत्व अधिक रहेको बताए । ‘हामी नयाँ अभ्यासमा छौं । पत्रकारहरुले राम्रा कुराको प्रचार र गलत कुराको खबरदारी गर्नुस्,’ उनले भने, ‘धेरै कुरा गर्दै सिक्ने हो । हामी सिकाइकै चरणमा छौं ।’ उनले नयाँ संरचना संक्रमणकालीन अवस्थामा रहेको भन्दै रचनात्मक सहयोग गर्न पत्रकारसँग आग्रह पनि गरेका छन् ।
प्रशिक्षक तथा पूर्व मन्त्री रमेश लेखकले प्रदेश सरकार र प्रदेशसभाको सफलतामा संघीयताको सफलता रहने उल्लेख गरे । ‘प्रतिनिधिसभा पहिले नै थियो । स्थानीय तह पनि स्थानीय निकायको रुपमा थियो,’ उनले भने, ‘नयाँ भनेको प्रदेशसभा र प्रदेश सरकार हो । यो सफल भयो भने संघीयता सफल हुन्छ ।’ उनले संघीयता सफल हुन नसके संविधान पनि फेल हुने भन्दै सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा लेखकसँगै संसदीय मामिला पत्रकार समाजका अध्यक्ष नरेन्द्र साउद, नेपाल पत्रकार महासंघका पूर्व सचिव जगत नेपाल, संसदीय मामिला पत्रकार समाजका सदस्य मनोज सत्यालले सहजीकरण गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशसभाका सचिव शम्भुबहादुर खड्का, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल लगायतले बोलेका थिए ।
तालिमबारे धारणा राख्दै सहभागी प्रकाश ढकालले राज्य पुनर्संरचनाले पोखरा पनि केन्द्र बनिसकेको भन्दै पत्रकारको जिम्मेवारी थपिएको बताए । उनले अन्तरप्रदेश भ्रमण र अरु देशहरुको पनि सदन सञ्चालन प्रक्रियाबारे अन्तरक्रिया हुनुपर्ने सुझाव राखे ।
सहभागी जमुना वर्षा शर्माले संसदीय रिपोर्टिङ टेक्निकल विषय भएको उल्लेख गर्दै थप तालिमको खाँचो औंल्याइन् । उनले नयाँ पत्रकारलाई नयाँ संरचनामा रिपोर्टिङ गर्न झनै कठिन हुने बताइन् । सहभागीहरुले अभिमुखीकरण कार्यक्रमले केही अन्यौलता हटेको भन्दै निरन्तरताको आग्रह गरेका छन् । साउदको अध्यक्षतामा भएको कार्यक्रममा संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष लालप्रसाद शर्माले स्वागत गरेका थिए भने सचिव विशन क्षेत्रीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९