नवलपरासी, २२ साउन। विसं २०६८ सालबाट हावाबाट विद्युत् उत्पादन गरी सञ्चालनमा आएको हुप्सेकोट गाउँपालिका ५, धौवादीको हुरहुरे डाँडा सञ्चालित वायु उर्जा अहिले बन्द भएको छ।
दुर्इ वटा टरवाइनमध्ये एउटा पहिले नै बिग्रिएको र एउटा मात्र सञ्चालनमा रहेको भए पनि अहिले इर्न्भर्टर (युपिएस) नै बिग्रिएपछि उत्पादन ठप्प भएको हो। यहाँ ४६ घरले वायुउर्जाबाट विजुली बाल्दै आएका थिए।
इर्न्भर्टर बिग्रिएको र इर्न्भर्टर ल्याएको सुकाम कम्पनीका डिलरलाई पटक पटक भन्दा पनि मर्मत गर्न नपाएपछि वायु उर्जा बन्द भएको स्थानीय बासिन्दा एवम् पानीघाट लघुजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष गोमबहादुर आलेले बताए।
१२ महिना चौबीसै घण्टा हावा चलिरहने धौवादीको हुरहुरे डाँडामा एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा हावाबाट गत २०६८ साल पुसदेखि विजुली उत्पादन भएको थियो।
साविक धौवादी गाविस रहँदाका गाविस सचिव विकास राणाले हावाबाट बिजुली उत्पादन भएपनि त्यसको मर्मतसम्भार लगायत विषय साह्रै खर्चिलो भएका कारण मर्मत सम्भार हुन नसकेको बताए।
एकातिर हावाबाट विद्युत् उत्पादन गर्नका लागि राखिएका दुर्इ पंखामध्ये एउटा बिग्रिएको अवस्थामा रहेको र अर्को जलवायु परिवर्तनका कारण शुरुमा जस्तो हुरहुरे डाँडामा प्रयाप्त हावा नचल्ने भएका कारण यहाँ पर्याप्त बिजुली उत्पादन हुन सकेको थिएन। आलेका अनुसार पछिल्लो समय बढीमा २ घण्टा मात्र विद्युत् चल्ने गर्दथ्यो। उनले भने, ‘अहिले इन्भरट विग्रिएपछि उत्पादन ठप्प छ। एक हप्ता भयो पूर्ण रुपमा उत्पादन ठप्प भएको छ।’
यहाँ वायुबाट १० किलोवाट र सोलरबाट २ किलोवाट गरी १२ किलोवाटको विद्युत् उत्पादन क्षमता रहेको छ। विद्युत् बन्द भएपछि यहाँ रहेको ४६ घर, एउटा विद्यालय र एउटा इलाका प्रहरी कार्यालय प्रभावित भएका छन्।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९