पोखरा, २२ साउन। पोखरामा साउन २५ गते हिन्दू राष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण कार्यक्रम हुने भएको छ।
राप्रपा गण्डकी प्रदेश र नेपाल सनातन, धर्म संस्कृति संगठनले सो कार्यक्रम गर्न लागेको हो।
कार्यक्रमसँगै गण्डकी प्रदेशमा जनजागरण कार्यक्रम शुभारम्भ हुनेछ। कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा सहित हिन्दू, बुद्व, किराँत, जैन, शिख, इस्लाम धर्मका गुरुहरुले विशेष प्रवचन रहने छ।
सो कार्यक्रमअघि पोखरा नयाँबजारमा स्थापना गरिएको राप्रपा गण्डकी प्रदेशको कार्यालय उद्घाटन गरिने कार्यक्रम छ।
जनस्तरबाट नै हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि दबाब सृजना गर्न अभियानका रुपमा सो कार्यक्रम संचालन गरिँदैछ।
राप्रपाले माघसम्म मुलुकका ७ वटै प्रदेशका ७७ जिल्ला र ७ सय ५३ वटा स्थानीय तहमा सो कार्यक्रम गर्ने जनाएको छ। फागुन ७ गतेदेखि भने निर्णायक अन्दोलन गर्ने बताइएको छ।
पत्रकार सम्मेलनमा जनताको भावनाविपरीत नेपाललाई धर्म निरपेक्ष घोषणा गरिएको राप्रपाका गण्डकी अध्यक्ष हेमजङ्ग गुरुङले बताए।
उनले हिन्दू धर्म राष्ट्रिय स्वाभिमान र एकता भएको उल्लेख गर्दै हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि होमिन आग्रह गरे।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९