अलैँचीका ६ लाख बिरुवा बिक्री

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७५
Alaichhi 2

लमजुङ, २२ साउन। लमजुङमा यस वर्ष अलैँचीका ६ लाख बिरुवा बिक्री वितरण भएको छ। त्यो संख्यामा आधा बिरुवा अर्थात ३ लाख जिल्ला बाहिर गएको हो।

यो वर्ष विभिन्न संस्था तथा कार्यक्रम मार्फत जिल्लामा उत्पादन भएका ६ लाख बिरुवाको बिक्री वितरण भैसकेको नेपाल अलैँची ब्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताए।

उनका अनुसार कृषकलाई बिरुवा भएको ठाउँमै पुगेर नर्सरीबाट ३२ महिनाका अलैँचीका बिरुवा वितरण गरिएको हो। जिल्लाबाट बिक्री भएका ती सबै बिरुवा प्रतिगोटा ८ रुपैयाँको मूल्य निर्धारण गरिएको छ।

सबैभन्दा ठूलो संख्यामा प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना अलैँची जोन कार्यक्रमअन्तर्गत २ लाख बिरुवा जिल्लामा वितरण गरिएको सो परियोजनाको संयोजक समेत रहेका नेपाल अलैँची ब्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताए। उनका अनुसार ती बिरुवा किसानका लागि ५० प्रतिशत सहुलियतमा वितरण गरिएको हो। त्यो परियोजनाको कार्यक्षेत्र वेशीशहर नगरपालिका- १० र ११ वडा तथा अन्य गाउँपालिका दूधपोखरी, दोर्र्दी, मस्र्याङ्दी र क्ब्होलासोथरका किसानलाई वितरण गरिएको हो।

यसैगरी, अर्को एक कार्यक्रमबाट जिल्लाका अलैँची कृषकलाई २५ हजार अलैँचीका बिरुवा निःशुल्क वितरण गरिएको पनि तामाङको भनाइ छ। उनका अनुसार संयुक्त राष्ट्रसंघीय विकासको आर्थिक सहयोगमा ग्रामीण युवा सरोकार केन्द्र तथा दिगो अनुसन्धान तथा बिकास केन्द्र र नेपाल अलैँची ब्यवसायी महासंघ जिल्ला शाखा लमजुङको समन्वयमा ती विरुण वितरण गरिएको हो। ती बिरुवा अलैँची समूह मार्फत वितरण गरिएको तामाङले उल्लेख गरे। उनका अनुसार वेशीशहर नगरपालिका- १० बाझखेतस्थित सादोमे्रद्रो अलैँची कृषक समूहलाई ३ हजार, वडा ११ चितीको चितुवाबनका कृषकहरूलाई १ हजार ५ सय, सोही वडाको स्याउतका कृषकलाई २ हजार अलैँचीको बिरुवा वितरण गरिएको छ।

यसैगरी, दोर्र्दी गाउँपालिका- ८ दोभानखोला अलैँची कृषक समूह र सोही गाउँपालिका- ७ स्थित सिम्ली अलैँची कृषक समूह र सोही गापा- ६ ढोडेनी कोपोडाँडा कैदों अलैँची कृषक समूहलाई ३ हजार ५ सयकादरले लाई ३ हजार ५ सय, लाई ३ हजार ५ सय अलैँचीको बिरुवा वितरण गरिएको छ।

त्यस्तै मस्र्याङ्दी गाउँपालिका- ७ छिनखोला अलैँची कृषक समूहर सोही वडाको लुदी अलैँची कृषक समूहलाई ४/४ हजारका दरले नर्सरी अलैँची बिरुवा बिरुवा वितरण गरिएको हो।

जिल्लामा ९ सय ८६ हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती लगाइएको छ। त्यसमध्ये ६ सय ५० हेक्टर क्षेत्रफलबाट अलैँची उत्पादन भैरहेको छ। यस जिल्लाका कृषकले यो वर्ष जिल्लामा अलैँचीका २० लाख नर्सरी बिरुवा उत्पादन गरेको नेपाल अलैँची ब्यवसायी महासंघ जिल्ला शाखाले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width