पोखरामा विश्व आदिवासी दिवस मनाइने

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७५
adibasi

पोखरा, २२ साउन। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीले पोखरामा विश्व आदिवासी दिवस मनाउने भएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्कीले पोखरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। सो दिवसमा अवसरमा साउन २४ गते पोखरामा र्‍याली र सभा गरिने छ।

पोखरा सभागृहबाट भेषभूषा, झाँकी र सांस्कृतिक कार्यक्रम सहित शुरु हुने र्‍याली पोखरा महानगरपालिका वडा ३, नदीपुरस्थित थकाली सेवा समितिमा पुगेर सभामा परिणत हुनेछ। सभालाई पूर्व स्थानीय विकास मन्त्री देव गुरुङले सम्बोधन गर्ने बताइएको छ।

विगत २४ वर्षदेखि विश्व आदिवासी दिवस मनाउन थालिएको हो। यसवर्ष ‘पहिचान, प्रतिनिधित्व र स्वायत्तता/स्वशासनका लागि अदिवासी जनजातिको अडान, पहिचान सहितको संघियताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।

‘दिवस मनाउन थालेको २४ वर्ष बितिसक्दा पनि नेपालमा राज्य पक्षबाट आदिवासी जनजातिमाथिको विभेदको क्रम रोकिएको छैन,’ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङले भने, ‘हामी आदिवासी जनजाति माथि हुने सवै खाले उत्पीडन अन्त्य गर्न चाहन्छौं।’

उनले आदिवासी जनजाति समन्वय परिषद्मा आवद्व जातीय जिल्ला समिति, जनजाति समाज, जनजाति आन्दोलनमा ऐक्यबद्वता जनाउने सबै राजनैतिक दल र समाजिक संघ संस्थालाई सहभागिताका लागि अनुरोध गरेका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका अध्यक्ष एमबी आस्थाको अध्यक्षतामा भएको कार्यक्रम सदस्य सम्राट गुरुङले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।…
  • पोखरा १२ ले बनायो आफ्नै एप

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । पोखरा वडा १२ ले डिजिटल सेवा प्रवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप संचालनमा ल्याएको छ । घरमा वा जहाँसुकै…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…

hero news full width